स्थानीय

पाख्रिवासको हवाइजहाज भित्र जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाको बैठक

धनकुटा । जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाको सदरमुकाम बाहिर पहिलो बैठक पाख्रिवास नगरपालिकाको पर्यटकिय क्षेत्र सनसारीमाई रहेको हवाइजहाज भित्र गरिएको छ ।

बैठकमा जिल्लामा हुन सक्ने विपत्का घटनाको व्यावस्थापनको पूर्वतयारी, घटना भएको अवस्था र त्यसपछि गर्नु पर्ने काम र जिल्लाका क्षेत्रगत जोखिमका पक्षको पहिचान गर्ने लगायतका बिषयमा छलफल र निर्णय भएको थियो ।

बैठकमा भएको छलफलका सहभागीले सडक दुर्घटना, आगलागी, बाढीपहिरो, विद्युतीय सुरक्षा लगायतका विषयमा सरोकारवालालाई कार्ययोजना बनाएर कार्यान्वयनको लागि सुझाव दिएका थिए । त्यस्तै विपत्को व्यास्थापनका लागि स्थानिय सरकारको समेत समन्वय हुनु पर्ने धारण सहभागिहरुले राखेका थिए त्यस्तै विभिन्न शिर्षकमा बजेट विनियोजन हुने गरेको भएपनि विपद व्यावस्थापनका लागि वजेट विनियोजन कम हुँदा विपद व्यवस्थापन गर्न समस्या रहेको भन्दै आगामि दिनमा विपद व्यावस्थापनका लागि पनि वजेट विनियोजित हुनुपर्ने सरोकारवाला निकायको माग रहेको थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्यि स्वतन्त्रपाटी लगायतका राजनैतिकदल सहित सरोकार निकायका प्रमखु तथा प्रतिनिधी उपस्थिती रहेको थियो । कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गरुङ्गले स्थानिय सरकारले विपत् व्यावस्थापनमा गरेका काम र आगामी दिनमा गर्नै कामको जानकारी गराउँनु भएको थियो ।

बैठकको अध्यक्षता जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button