समाचार

‘मातृभाषाकाे विकासले मात्रै सभ्यताको परिचय दिन सक्छ’ – भाषिक अभियन्ताहरू

२४ फेब्रुअरी, दक्षिण काेरिया । मातृभाषाकाे पर्याप्त विकास र संरक्षणले मात्रै सभ्य समाजकाे निर्माण हुने अभियन्ताहरूले बताएका छन् । समुदाय र राज्यकाे दाेहाेराे जिम्मेवारीले मात्रै भाषाकाे विकास हुने उनीहरूले बताएका हुन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा शुक्रबार आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ दक्षिण काेरियाले आयोजना गरेको भर्चुअल संवादमा बाेल्दै वक्ताहरूले सबै समुदायको भाषाकाे विकास हुनुपर्नेमा जाेड दिए । मातृभाषाकाे कविताहरूकाे सङ्गालाे ‘भुइँमान्छेका आवाज‘ कृतिउपर भएको चर्चा कार्यक्रममा बाेल्दै आख्यानकार एवम् कवि प्रगति राईले मातृभाषाले सभ्यता, सँस्कृतिसँगै ज्ञानकाे कुरामा केन्द्रित गर्ने बताइन् । उनले सिमान्तकृत समुदायका मातृभाषाहरूकाे तुलना वर्चस्वमा राखिएको भाषासँग गर्नु अज्ञानता रहेको आराेप लगाइन् ।

यसैगरी, कृतिका सम्पादक एवम् महासङ्घ दक्षिण काेरियाका निवर्तमान अध्यक्ष पराजित पाेमुले समाजको समृद्धिका लागि समृद्ध चेतना आवश्यक रहेको र त्याे सबै भाषा, साहित्य र सँस्कृतिकाे समान विकासबाट मात्रै सम्भव रहेको बताए । उनले मातृभाषामा लेखन मात्रै नभएर गुणात्मकतातर्फ समेत सर्जकहरूले ध्यान दिनुपर्नेमा जाेड दिए । विमर्शकाे सहजीकरण खाेम गुरुङले गरेका थिए ।

भुइँमान्छेका आवाज‘ मा १५ मातृभाषाका ५५ सर्जकहरूका कविता छन् । कृति गत वर्ष प्रकाशित भएको थियोे । महासङ्घ दक्षिण काेरियाले फेब्रुअरी १९ तारिखदेखि प्रत्येक दिन मातृभाषाउपर विभिन्न शीर्षकहरू राखेर सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको अध्यक्ष समीम खेम पुनले जनाए ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button