युके विशेष

यश कुमारलाई साँसद लिओ डोकर्टीले स्वागत गरे

३ फेब्रुवरी २०२४ । गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा एम पि लिओ डोकर्टीले स्वागत गरे

बहुप्रतिभाशाली, गायक, गीतकार र अभिनेता यश कुमारलाई सांसद लिय‍ो डोकर्टी (MP Leo Docherty) फुल र खादाले स्वागत गरेका थिए।

शुभारम्भमा शब्द ब्यान्डले सदाबहार गीत चरी मर्यो शीशैको गोलीले जस्ता गीत बाट दर्शकलाई झुमाएका थिए भने दोस्रो चरणमा यश कुमारले सुनेर मनोरञ्जन गर्ने खालका मैले छोएको पानी चल्दैन जस्ता गीत गाएका थिए त्यसपछि भने कार्यक्रमको अन्त्य सम्मको गीतले नचाएर माहोल तताएका थिए।

औपचारिक कार्यक्रम प्रमिला लाबुङ राइले सन्चालन गरेका थिए । कार्यक्रम सम्योजक भरतमणि चेम्जोङ,सेर सुनार, शब्द ब्यान्ड लगायतको टिम र कार्यक्रम प्रायोजकमा आशिष ज्वेलर्स, ओजोने रेस्टुरेन्ट, लक्ष्मी ज्वेलर्स,के डि के कोदो,गोर्खा मोर्गेज,सुनगाभा मोर्टगेज, ग्लोबल बुलिअन भल्ट लगायतले प्रायोजन गरेका थिए।

शुक्रबार भएकोले औपचारिक कार्यक्रम निर्धारित समयमा आरम्भ नभए पनि केही ढिलो शुरु भए पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। यश कुमारको दोस्रो कार्यक्रम शनिबार ३ फेब्रुअरी शिङ्गलटन भिलेजहल हक्सटन अस्फोर्ड केन्ट ( TN23 5LB)मा लाईभ शो हुदैछ।

Related Articles

Leave a Reply

Back to top button