प्रवास

श्रम संस्कृति समाज यूकेको अध्यक्षमा मनोज पुन

अल्डरशट, श्रम संस्कृति समाज यूकेको प्रथम अधिवेशनले मनोज पुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। शनिबार अल्डरशटस्थित एम्पायर हलमा आयोजित संस्थाको उद्घाटन तथा प्रथम साधारण अधिवेशनमा बेलायतका विभिन्न सहरबाट १२० भन्दा बढी सहभागी उपस्थित रहेको आयोजकले जनाएको छ।

नवनिर्वाचित समितिका उपाध्यक्षहरूमा अनिता राई, राजन भण्डारी, मान मगर, सन्तोष राई र चूडाकर्ण थामसुहाङ चयन भएका छन्। सचिवमा डा. महा राई, कोषाध्यक्षमा सुरज राई र सहकोषाध्यक्षमा मणिकला राई गुरुङ चयन भएका छन्।

सदस्यहरूमा यदु चन्द्र लावती, ध्रुबसरी राई, दुर्गा खापुङ, डम्बर फागो लिम्बू, आइत लक्ष्मी राई, कला राई, विशाल लिम्बू, गंगा देवी राई, गोविन्द राई र प्रबिन राई रहेका छन्।

राम इजमको संयोजकत्वमा इन्द्र राई, महेश वनेम, पारस राना र मान काजी आले सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो।

‘हाम्रो साझा सम्पदा, नैतिक शासन र सामुदायिक भावना’ भन्ने नारासहित आयोजित कार्यक्रममा श्रमदाता, शुभचिन्तक, बुद्धिजीवी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका कार्यवाहक अध्यक्ष तीर्थ मल्ल विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। उनले अधिवेशनको सफलताको शुभकामना दिँदै विदेशमा रहेका नेपालीलाई एकजुट बनाएर श्रम संस्कृतिको प्रवर्द्धन र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने अभियानको प्रशंसा गरेका थिए। विभिन्न देशमा रहेका श्रमदाताका शुभकामना भिडियो तथा सांस्कृतिक प्रस्तुतिसमेत कार्यक्रममा समावेश थिए।

सन्तोष राई, मनोज पुन, विश्वकाजी राई, राम इजम, मान मगर, ओमप्रसाद थापा, अनिता राई, महेश वनेम, सुबिना राई र राजन भण्डारीले संस्थाको उद्देश्य तथा आगामी कार्यदिशाबारे धारणा राखेका थिए।

आयोजकका अनुसार राधिका रम्तेल, पूर्ण लिम्बू, तेज राई र सत्य घले गुरुङलगायत स्पेन, जर्मनी, माल्टा, कतार, यूएई र साइप्रसस्थित श्रम संस्कृति प्रवास समितिहरूबाट पनि शुभकामना सन्देश प्राप्त भएको थियो।

नवनिर्वाचित अध्यक्ष पुनले संस्थालाई सबैको साझा संस्था बनाउँदै बेलायतस्थित नेपाली समुदायको हकहित, श्रमको सम्मान र संस्कृतिको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनले नयाँ कार्यसमितिको क्षमता अभिवृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

सन्तोष राईको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन रुपेश काफ्लेले गरेका थिए। समापनमा अध्यक्ष पुन र संयोजक राईले सहभागी, अतिथि, निर्वाचन समिति तथा देशविदेशबाट शुभकामना पठाउने सबैलाई धन्यवाद दिएका थिए।

– भूमिराज राई

Related Articles

Back to top button