विनेसाम युके पश्चिमा शाखाको भेटघाट तथा सिर्जना वाचन सम्पन्न
गत ३१ अक्टोबर २०२६ का दिन विश्व नेपाली साहित्य महासङ्घ युके पश्चिमा शाखाको परिचयात्मक तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ।
एल्डरसटको प्यालेसमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोमा रानाको नेतृत्वको समिति र हालै मनोनीत सल्लाहकारहरूसँग परिचयात्मक भेटघाट तथा सम्मानका साथै सिर्जना वाचन गरिएको थियो।
शाखाका संरक्षक डा. सुमाया राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एकेन्द्र गुरुङ, विनेसाम मिडल्याण्ड शाखाका अध्यक्ष भरत कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष लालसुन्दर राई र विश्वास दीप तिगेलाले आ–आफ्नो विचारसहित सिर्जना वाचन गरेका थिए।
कार्यक्रमबारे कर्म पहाडी शेर्पाले प्रकाश पारेका थिए भने जगन कुमारी गुरुङ, भोमा लिम्बु, राजेन्द्र राई, सुनिल राना, रघु भण्डारी, लीला सेलिङ, जित छन्त्याल, मुकेश राई र सेमन्त राईले सिर्जना वाचन गर्दै नेपाली चाड तिहार तथा छठ र नेपाल संवत्को शुभकामनासमेत बाँडेका थिए।
कार्यक्रमको सभापतित्व कवि गोमा रानाले गरेकी थिइन् भने सञ्चालन सचिव गंगा भण्डारीले गरेकी थिइन्।





