साहित्य सिर्जना

कवि तथा गीतकार सूर्य गुरुङको तिम्रो माया विमोचित

लण्डन, गत १ नोभेम्बर २०२६ का दिन कवि तथा गीतकार सूर्य गुरुङको कविता र गीतको संगालो तिम्रो माया कृतिको विमोचन भएको छ ।

आफ्‌नी ९७ बर्षिया आमाको बाहुलीबाट सो कृतिको विमोचन भएको हो । आमालाई मञ्चका अतिथिहरुले विमोचनमा साथ दिएका थिए । तमु धी युकेको मिचेट स्थित तमु हाउसमा सो कृतिको विमोचनको कार्यक्रम आयोजना भएको थियो । दिप प्रज्वलनबाट शुरु भएको कार्यक्रमलाई यसोदा गुरुङले स्वागत गरे भने कृतिको बारेमा विश्वास दीप तिगेलाले समिक्षा र कृतिकारको बारेमा एकेन्द्र गुरुङले बालेका थिए ।

गीतकार गुरुङका गिती भिडियोहरु प्रर्दशन पछि प्रमुख अतिथि जुमकाजी गुरुङ र स्रष्टा स्वयंले आफ्‌नो कुराहरु राखेका थिए । कार्यक्रममा नेपालबाट पाल्नुभएका कलाकार पवित्रा गुरुङलाई सम्मान पनि गरिएको थियो ।

गुरुङका कृतिभित्र ४० वटा कविता र ६० वटा गीतहरु संग्रहित छन । उनले पल्टनघरका नोस्टाल्जिक, नवदम्पतिको पिरतीका कुरा, गाँउठाँउको परिचय दिने कविता र गीत, वातावरण संचेतनाको कविता, तमु धी, गुरुङ एसोशियसन र तमु क्षेत्रिय समितिको संगठन अफिसियल गीत, थाईल्याण्डको सुनामी, भोटेकोशी हिमपहिरोको पीडितहरु प्रति सम्मान सिर्जना मार्फत लेखेका छन् । उनका २२ भन्दा बढि गीतहरु रेकर्ड भईसकेका छन । कार्यक्रम होष्टको चिनारी बनाएका गुरुङले यसपटक सुन्दर कृति ल्याएर कवि तथा गीतकारको चिनारी पस्केका छन् ।

तमु कलाकार साँस्कृतिक मञ्च युकेको निवर्तमान अध्यक्ष पदम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई विमल गुरुङले संचालन गरेका थिए ।

Related Articles

Back to top button