पत्रपत्रिकाको बिज्ञापनको रकम वृद्धि गर्ने सुझावप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण
![](https://nepalisamachar.com/wp-content/uploads/2024/01/online.png)
काठमाडौं,
प्रेस काउन्सिल नेपालले मिति २०८०।१०।०९ गते पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी बिज्ञापन वापतको रकम वृद्धि गर्न दिएको सुझावप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको छ ।
आजको युग सूचना प्रविधिको युग हो । पछिल्लो समय अन्य सञ्चारमाध्यमभन्दा अनलाइन र विद्युतीय पत्रकारिताको दायरा थप फराकिलो बन्दै गईरहेको छ । देशमा आर्थिक संकट बढिरहेको बिषम् परिस्थितीमा पत्रपत्रिकासहित अन्य विद्युतीय र अनलाइन सञ्चारमाध्यमहरु पनि चरम संकटमा रहेका छन् ।
प्रेस काउन्सिल नेपालले परम्परागत सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन सरकारलाई सुझाव दिने तर अनलाइनसहितका डिजिटल न्यू मिडियालाई वेवास्ता गर्नुले काउन्सिल पूर्वाग्रही बनेको संघको ठहर छ ।
तसर्थः सञ्चारमाध्यमको नियामक निकायले आगामी दिनमा सरकारलाई सुझाव दिँदा सबै सञ्चारमाध्यमलाई प्रोत्साहन र प्रवर्धनमा गम्भीर बन्न र सबै सञ्चारमाध्यमलाई एकै नजरले हेर्न संघ जोडदार माग गर्दछ ।