NRNA Special

एनआरएनएको ११ औं महाधिवेशन ऐतिहासिक हुन्छ, सबैजना आउनुहोस: अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले मार्च १६-१७, २०२४ मा हुने एनआरएनएको ११ औं महाधिवेशन भब्य र ऐतिहासिक हुने भएकाले सबै एनआरएनहरुलाइ प्रतिनिधि भएर आउन अनरोध र निमन्त्रणा गर्नुभएको छ।

मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न एनआरएनएको १० औं महाधिवेशन पश्चात संघमा बिभाजन आयो। केहि ब्यक्ति र पक्ष आधिकारिक महाधिवेशन हल छोडेर टुक्रिएर अन्यत्र जानुभयो तर पनि संघ निरन्तर रुपमा अगाडी गयो। अब मार्च २०२४ मा हुने संघको ११ औं महाधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न हुँदैछ। ३ दर्जन भन्दा धेरै देशका प्रतिनिधिहरुको प्रतिनिधित्व रहने महाधिवेशनले अल्मलिएका एनआरएनएहरुमा एउटा सुनिश्चितताको मार्ग दिनेछ।

गैरआवासीय नेपाली संघमा म आफूले नेतृत्व लिंदैगर्दा संघ कठिन र असहज परिस्थितिमा थियो। संगै-हिडेका एनआरएनहरु बिचलित भएर अन्यत्र गएको स्थिति थियो। संख्यामा सानै भएपनि लगनशील र निरन्तर अगाडी जाने संघको निर्णय अनुसार नेतृत्व गर्दै अगाडी गइयो। यो अबधिमा धेरै कठिनाइ आए तर पनि हामी बिचलित भएनौं। धेरै देशमा संघ बिस्तार गर्दै गइयो, अभियान अझै निरन्तर छ। हल्ला भन्दा धेरै काम गरेका छौं अहिले हामी स्थापित भएका छौं। यसका लागि सम्पूर्ण एनआरएनहरुमा हार्दिक आभार प्रकट गर्दछु।

२०२३ को बिचमा हल्ला र वार्ताका कुरा पनि आए। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूकोमा उहाँकै अनुरोध र निर्देशन अनुसार संघलाइ एक बनाउएर एकताको ११ औं महाधिवेशन गर्ने संझौता पत्रमा हस्ताक्षर पनि गरेका थियौं। सो संझौतालाइ कार्यान्वयन गर्नका लागि हामी लागि पर्यौं। कुनै कसर बाँकी राखेनौं तर त्यसलाई अर्कोपक्षले लत्याएर गयो। हामीलाई बिथोल्ने र अल्मल्याउने काम गरे। कुनैपनि देशमा एकताको काम नै भएन, स्थान नै दिएनन, एकलौटी रुपमा उनीहरु गए।

त्यसैले, संघ एकीकरण हुन सकेन र हामीलाई अल्मल्याउने प्रयास सजिलै बुझियो। हामीले ती सबै कुराको जानकारी सहितको पत्र सम्माननिय प्रधानमन्त्रीज्यू र माननीय परराष्ट्रमन्त्रीज्यूको कार्यालयमा दर्ता गरायौं। अनि प्रतिनिधि टोलीले भेटेर पनि मौखिक रुपमा पनि अबगत गरायौं।

त्यसपश्चात हामीले केवल एउटा मात्र कुरा फोकस गर्यौं, संघलाइ सहि बाटोमा निरन्तर रुपमा अगाडी लैजान गतिबिधि तिब्र गर्ने र कानुनि बाटो अबलम्बन गर्दै जाने। ती दुवै प्रयासले हामीलाई बिस्तारै तर बलियो बनाउंदै लग्यो। अहिले आउँदा हामी अरु सबै पक्ष भन्दा बलिया र सशक्त हुँदै गएका छौं। अर्कापक्षले अक्टुवर २०२३ मा नेपालमा गरेको भनिएको भेलाले एनआरएनहरुमा विभाजन मात्र ल्याएन आम एनआरएनहरुकै बेइज्जति समेत गरायो।

संघको १० औं महाधिवेशन समयमा हुन नसकेको अनि त्यसलाई सहि मार्गमा ल्याउन संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयको लिखित निर्देशन अनुसार हामीले १० औं महाधिवेशन सम्पन्न गरेको जानकरी र संसोधित बिधान सहित निवेदन परराष्ट्र मन्त्रालयमा २०२२ मार्च मा नै दर्ता गराएका थियौं।

सो निवेदन स्वीकृति नगरिदिएकाले नेपालको सर्वोच्च अदालतमा अपिल दर्ता गराएका छौं। यसका साथै

आफूहरुले आधिकारिकता दावी गर्दै अर्को छुट्टै रिट पनि दर्ता गराएका छौं। दुबैको सुनुवाई भइरहेको छ तर फैसला भएको छैन। फैसला नहुँदाको अवस्था सम्म संघका नाममा अरु कुनै पक्षले गरेका गतिबिधि सबै भविष्यमा हुने फैसला अनुसार बदर हुने हुनाले अर्को पक्षले होसियार हुनु जरुरीछ।

अर्को महत्वपूर्ण कुरा, २०१३ को अक्टुवरमा १० बर्षको लागि परराष्ट्र मन्त्रालयमा दर्ता भएको गैरआवासीय नेपाली संघ नवीकरण भएको छैन। अक्टुवर १३, २०२३ देखि यसको आधिकारिकता समाप्त भएको छ। तर हामीले म्याद समाप हुनु पहिला नै नेपालको सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको र मुद्धा विचाराधीन भएकाले हामी मात्र आधिकारिक छौं बाँकी अरु सबै अबैधानि छन्।

अब यो एकता र वार्ताका कुरा पनि यसका साथै समाप्त भएको छ। त्यसैले सबै एनआरएनहरु मार्च १६-१७, २०२४ मा हुने महाधिवेशनमा प्रतिनिधि भएर उपस्थिति हुन सबैलाई जानकारी साथ हार्दिक निमन्त्रणा गर्दछु।

चुनवा मुख्य कुरा होइन, आउने नेतृत्व को हुने भन्ने कुरा पनि मुख्य होइन। त्यो त केवल महाधिवेशनको एउटा पाटो हो। महाधिवेशनमा निर्वाचन समितिले मनोनयन दर्ता खुला गरेपछि बिधानले दिएको योग्यता पुगेका जो कोहि पनि प्रतिनिधि भौति रुपमा उपस्थित भएर मनोनयन दर्ता गर्न सक्छन। प्रत्यक्ष रुपमा मतदान हुँदा जुन उम्मेदवारले बढी मत ल्याउँछ उसैलाई आधिकारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने हो। यहि बिधान हो, यहि प्रजातान्त्रिक बिधि अनि संगठनको लागि सहि मार्ग हो।

अन्तमा, गैरआवासीय नेपाली संघ हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुको हो। यसमा तपाइँहरु सबै गैरआवासीय नेपालीहरुलाइ प्रतिनिधि भएर महाधिवेशनमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछु। हाम्रा एनसीसीहरुमा सम्पर्क गर्नुहोस्, सदस्यता लिनुहोस्, नवीकरण गर्नुहोस र खुल्दै गरेको महाधिवेशन प्रतिनिधिको लागि नाम दर्ता गर्नुहोस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button