निक धिमाल रियल स्टेटलाई ठगी आरोप, १० नेपालीको घरमा गाँजा खेति भेटियो, सयौ पिडीत भएको आरोप
लण्डन,
२२ सेप्टेम्बर २०२६ । युकेमा रहेका गोर्खा र सेवारत गोर्खाहरुको घर भाडामा लगाई दिदै आएको निक धिमाल रियल स्टेटलाई ठगी गरेको भन्ने आरोप सार्वजानिक भएको छ ।
झापा विर्तामोड निवासी, फष्ट रोयल गोर्खा राईफल्स (१ आरजीआर) मा ५ बर्ष सेवागरि अवकाश लिएका ईन्टेक २०१८ का निखिल धिमालले आफ्रनो नामबाट खोलेको निक धिमाल रियल स्टेट मार्फत सयौलाई ठगी गरेको आरोप लागेको छ ।
उनले राम्रो मान्छेलाई भाडामा लगाई दिने प्रलोभनमा पारि घरको जिम्मा लिने र उनले भाडामा लगाएका घरहरु मध्ये १० वटा नेपालीको घरमा गाँजा खेती उनकै मिलेमतोमा लगाएको पीडित पक्षको आरोप छ । भाडा नतिरेको खण्डमा इन्सुरेन्स कम्पनीबाट असुलउपर हुने इन्सुरेन्स गर्न लगाउने र नियतवस भाडा नतिर्ने मान्छे राख्ने र इन्सुरेन्स कम्पनीबाट असुलउपर गर्ने तर घरधनीलाई सो रकम नदिने लगायतका आरोप पीडित पक्षको छ ।
धिमालले करिव ३०० भन्दा बढिलाई विभिन्न शिर्षकमा ठगी गरेको आरोप छ । उनले गरेका ठगी धन्दाको विस्तृत विवरण चाडै आउने पिडित पक्षले जनाएका छन् । यो विषयमा नेपाली समाचारले धिमालसँग बुझ्नको निमित्त सम्पर्क गर्ने कोसिस गरेको तर सम्पर्क भएन । धिमालले अरुअरु पनि कम्पनी पनि संचालन गरेको कम्पनी हाउसको डकुमेन्टबाट बुझिन्छ । उनलाई साथ दिनेहरु शुभम झा उनकै आफ्नो दाई प्रनिक धिमाल रहेका छन । उनीहरुको मुख्य अफिस कोभेन्ट्री लगायत युकेको विभिन्न ठाँउमा रहेको बुझिन्छ ।




