समाचार
त्रिशूली–३ ‘ए’ सुरुङमा ९ दिनपछि दुई जनाको जीवित उद्धार, अन्यको खोजतलास जारी

काठमाडौं, १९ भदौ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनदेखि थुनिएका दुई जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन्।
सुरुङबाट जीवितै उद्धार गरिएका दुवै जनालाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै छ।
सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि थुनिएको हुनसक्ने जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बताएका छन्। थुनिएका सम्भावित अन्य व्यक्तिहरूको तीव्र खोज तथा उद्धारका लागि उद्धार टोलीले निरन्तर काम गरिरहेको छ।




