धनकुटामा थप ३ जनालाई कोरोना संक्रमण पुष्टी

धनकुटा  । धनकुटामा आज थप ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

धनकुटाको चौबिसे गाँउपालिकाका २३ र ४० वर्षका २ जना पूरुष र २२ वर्षकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनिहरुको पीसिआर परिक्षण गरिएको थियो । स्वास्थ्य कार्यलयका प्रमुख तुलसी प्रसाद गुरागाइका अनुसार यो संगै जिल्लामा कोरोना संक्रमित संख्या ४३ पुगेको छ ।

यसअघि कोरोना पुष्टि भई धनकुटा अस्पतालको आईसोलेशनमा उपचाररत मध्ये आज नेगेटिभ नतिजा आएका १४ जना डिस्चार्ज भएकाछन् । यो सँगै निको हुनेको संख्या ३४ पुगेको छ ।

अब जिल्लाका ९ जना संक्रिय संक्रमित उपचाररात छन् । बाँकी संक्रमितहरु मध्ये ६ जना धनकुटाकै आइसोलेशनमा र २ जना मोरङ गोठगाँउमा रहेको केभिट अस्पतालमा उपचरात छन् । अर्का एक जना विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन् ।