स्थानीय

धनकुटाबाट सरकारी कार्यालय अन्यत्र सार्न लागेको भन्दै एमालेको बिरोध

धनकुटा,७ माघ । धनकुटामा रहेका सरकारी कार्यालयलाई अन्यत्र सार्न लागेको भन्दै नेकपा एमाले धनकुटाले विरोध जनाएको छ ।

सरकारले धनकुटामा रहेका विभिन्न कार्यालयलाई अन्यन्त्र सार्न लागेको भन्दै एमाले जिल्ला कमिटी धनकुटाले धनकुटामा पत्रकार संमेलन गर्दे बिरोध जनाएको छ ।

सरकारले पाख्रिबास नगरपालिकामा रहेको राष्ट्रिय ब्यबसायीक कृषि अनुसन्धान कार्यक्रम र धनकुटा नगरपालिकामा रहेको तथ्यांक कार्यालयलाई अन्यत्र सार्न खोजेको भन्दै आईतबार पत्रकार सम्मेलन गरेर एमाले धनकुटाले बिरोध गरेको हो ।सरकारले अन्ुसन्धान कार्यालयलाई ईलाम र तथ्यांक कार्यालय खोटाङ सार्न लागेको एमालेले विज्ञप्तीमा उल्लेख गरेको छ ।

सरकारको उक्त निर्णय तत्काल फिर्ता नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी एमालेले दिएको छ । एमालेले माघ १५ गते सर्वदलिय बैठक राखेर १६ गते धनकुटामा बिरोध ¥याली गर्ने बिज्ञप्तीमा उल्लेख गरेकोछ ।सरकारले आफ्नो निर्णय नसच्याएम चरणवद्ध आन्दोलनमा उत्रने पार्टीका जिल्ला अध्यक्ष ईन्द्रमणी पराज्लीले जानकारी दिनुभयो ।

सबै प्रक्रिया पुगेर पनि धनकुटामा एक सय शैयाको अस्पताल निर्माणमा समेत बेवास्ता गरेकोले सरकार धनकुटालाई सिध्याउन लागेको संघिय साँसद राजेन्द्र राईले आरोप लगाउन् भयो । उहाँले केपी ओली सरकारको पालामा धनकुटाको बिकासको लागि बिनियोजित बजेट कटौती गरिएकोले त्यसलाई तत्काल सम्बोध गर्न पनि सरकार संग माग गर्नुभएको छ ।

आईतबार नै एमालेले जिल्लाबाट प्रदेस,संघ र सात स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ । एमालेको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले कार्यालय स्थान्तरण सम्बन्धि सरकारबाट कुनै निर्णय नआएको र जिल्लाबासीहरुको मागलाई आफूले तत्काल सरकारलाई पठाईदिने जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button