युके विशेष

ईलाम समाज बेलायतको सातौ अधिवेशन: नेतृत्व धन बहादुर राईलाई

ईलाम समाज बेलायतको सातौ अधिवेशनले धन बहादुर राईलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको छ। अधिवेशन अप्रिल ११ मा एम्पायर हल् अल्डरसटमा सम्पन्न भएको थियो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णबीर तामांग र मेजर नवल किरण याक्खा, महिला उपाध्यक्ष मिना गुरुङ, महासचिव चोक गुरुङ, सचिव इन्द्र बहादुर राई, कोषाध्यक्ष डम्बर राई तथा सह–कोषाध्यक्ष धन अशोक राई, खेल संयोजक लेख राज राई,जनसम्पर्क/मिडिया संयोजक प्रेम बहादुर राई चयन भएका छन्।

नयाँ कार्यसमिति चयनका लागि संस्थाका पुर्ब अध्यक्ष प्रमिला लाबुंगको संयोजकत्वमा रमेश बुर्जा सदस्य–सचिव र मान बहादुर राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिका संयोजकले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

कार्यक्रममा निबर्तमान अध्यक्ष टेक बिर राईले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे। नव निर्बाचित अध्यक्ष धन बहादुर राईले संस्थालाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनु भयो ।

यसअघि उद्घाटन सत्र अध्यक्ष टेकबीर राईको अध्यक्षता र महासचिव याम कमल गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। उपाध्यक्ष धन बहादुर राईले स्वागत मन्तव्य राख्नु भएको थियो । पूर्व अध्यक्ष राजेन्द्र राईले शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनमा महासचिवले प्रगति प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष घनश्याम गुरुङले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । छलफल पछि दुवै प्रतिबेदन पारित गरिएको थियो ।

– प्रमिला लाबुंग राई

Related Articles

Back to top button