समाचार
तेह्रथुममा एमाले सचिव ढकालको अग्रता
तेह्रथुम । देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेको बेला तेह्रथुममा भने एमाले सचिव भानुभक्त ढकालले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनाको नजिता अनुसार एमाले सचिव ढकालले ४ हजार १०७ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोष निंलेखुले ३ हजार ७८५, रास्वपाका सुरेन्द्र कार्कीले ३ हजार ४०९ मत पाएका छन् ।
उक्त जिल्लामा श्रम संस्कृति पार्टीका सुविन्द्र थेगुवाले भने १ हजार ६९७ मत पाएका छन् ।



