स्थानीय

धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटना,२९ जना घाइते

धनकुटा,१४ मंसिर । धनकुटामा शैक्षिक भ्रमणमा आएको स्कुल बस दुर्घटना भएको छ ।

जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ७ रमाइलो घुम्ती स्थित कोशी लोकमार्गमा आज दिनको करिब ४:२५ बजे तेह्रथुमबाट धरान तर्फ जादै गरेको जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित रहेको पिङ्क लोटस ईङ्लिस बोर्डिङको शैक्षिक भ्रमणबाट फर्किदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल बस अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ३६ जना विद्यार्थी,३ जना शिक्षकहरु र २ जना चालकदलका सदस्य समेत गरी ४१ जना यात्रु मध्ये २४ जना घाईते विद्यार्थी सहित २९ जना घाइते भएका छम् ।

घाइतेको तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगि उपचार भई रहेको,बाटो दुबै तर्फी संचालनमा रहेको साथै घाईते यात्रुहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button