समाचार

ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जिआरएनसी) को त्रैमासिक बैठक सम्पन्न, युवा हरुले दिए दमदार प्रस्तुति।

लण्डन। २५ अक्टोबर शनिबार ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जिआरएनसी) ले सस्थाको विभिन्न महत्त्वपूर्ण निर्णय कार्यबिवरणका साथ त्रैमासिक बैठक सम्पन्न गरेको जानकारी सस्थाका महासचिव सुनिल रानाले जानकारी दिएका छन् ।

सस्थाका अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारी, पुर्व अध्यक्षहरु, ट्रस्टिहरु, सल्लाहकारहरु, कार्यसमिति लगायत बिभिन्न शुभचिन्तक सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

बैठकमा महासचिव रानाले कार्यसमितिको कार्य प्रतिबेदनको साथै नेपाली कक्षा र डान्स कक्षाको प्रगति, मिलन रोकाले आर्थिक प्रतिबेदन, दिग्बिजय (धिरज) घलेले प्रोजेक्ट टुगेदरको कार्य बिवरण, उपलब्धि र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सुशीला मगर (प्रोजेक्ट मेनेजर) सन्जय राई, ज्ञान गुरुङले सोसल मिडिया, वेवसाईट, भोलिन्टियरिङको बारेमा, सोम घलेले नेपब्रिज (नेपाली समुदायलाई सहयोग)को बारेमा, सस्थाका उपाध्यक्ष डा. विशाल गुरुङले वेल्ज्ली कम्युनिटी गार्डन्को बारेमा साथै सबैले क्रमश जीआरएनसीमा हरेक दिन, हरेक हप्ता के के भै रहेको छ र नेपाली समुदायलाई हरेक क्षेत्रमा सर सल्लाह र सहयोग गरेको बारे पावर पोइन्टको माध्यमबाट प्रष्ट र पारदर्शी रुपमा प्रस्तुत गरेका थिए।

बैठकमा बिगतका सल्लाहकारहरुमा निरन्तरता कायम गर्दै केहि सल्लाहकार थप भएको छ भने ट्रस्टिहरुमा केही फेर बदल भएको छ। गएको त्रैमासिक बैठकमा पारित गरे अनुसार गोर्खा मेमोरियल ट्रस्ट (जिएम्पी) टिम र जीआरएनसीको ट्रस्टीहरुलाई एकै मुलधारमा ल्याईएको छ।

सस्थाका उपाध्यक्ष उत्तर गुरुङले गत ५ अक्तोबरमा भएको रश्मोर १० के रनको बारेमा समिक्षा गर्दै बिगतमा भन्दा धेरैले उत्साहजनक सहयोगमा खुशी ब्यक्त गर्दै जो जतिले सहयोग गर्नुभयो सबैलाई धन्यवाद दिदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेका थिए।

महासचिव रानाले आगामी ८ नोभेम्बरमा पहिलो भिसी कुलबिर थापाको शालिकमा र जति पनि पहिलो दोस्रो विश्व युद्दमा ज्यानको आहुति दिनुहुने सबै गोर्खा विरयोद्दाको सम्झना (रिमेम्बरेन्स डे) मा कार्यक्रम हुने जानकारी दिदै सबै स्थानिय जन सहभागीताको लागि आह्वान गरेका थिए।

बैठकमा अध्यक्ष लिला सेलिङ माबो, पुर्ब अध्यक्षहरु राम चन्द्र गुरुङ (ट्रस्टि), जीव बेल्बासे (ट्रस्टि), रामाधन राई (ट्रस्टि), ट्रस्टि क्या.ताम ढेंगा, उपाध्यक्ष उत्तर गुरुङ, अनिता राई, डा. बिशाल गुरुङ, जित मेयाङ्बो, सल्लाहकार हर्कजंग गुरुङ, केशर गुरुङ, क्या. रिटायर्ड वीर बहादुर थापा, क्या. रिटायर्ड विष्णु श्रेष्ठ, होम किरात सुनुवार, धन दर्लामी, वीर बलाल, मिलन रोका, मिडिया सेक्रेटेरी मिलन तमु, तमुधी अध्यक्ष जुम काजी गुरुङ, कार्यसमितिका मिना गुरुङ, गोमा राना, विमल गुरुङ, थान बहादुर नाल्बो, सुर्य खापुङ, थान कुमार लिम्बू, सन्जय राई, शुसिला मगर, ज्ञान गुरुङ, सोम घले लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

अन्त्यमा अध्यक्ष माबोले उपस्थित सबै र उपस्थित हुन असमर्थ क्षमा याचना गर्नु हुने सबैलाई धन्यवाद दिदै आगामी हुने रिमम्बेरेन्स डेमा उपस्थित भइ सफल पारिदिनु हुन सबैलाई आह्वान गर्दै बैठक समापन गरेकी थिइन।

Related Articles

Back to top button