माटो कवि जीवन थिङकाे स्मरणमा भव्य कविता उत्सव
पठित कविताहरूकाे अकादमीले दस्तावेज निकाल्नुपर्छ : एसआर सुब्बा

गान्तोक, १८ अक्टोबर । सिक्किमका माटो कवि जीवन थिङलाई सम्मान गर्दै सिक्किम अकादेमी र चिया कविताले आयोजन गरेको पहिलो माटो कवि जीवन थिङ कविता उत्सव २०२५ भव्यताको साथमा सम्पन्न भयो। अकादमीका अध्यक्ष एसआर सुब्बाको अध्यक्षतामा भएको कविता उत्सवमा सिक्किमको विभिन्न भागबाट आएका ४९ जना कविहरूले कविता प्रस्तुत गरेका थिए। सिक्किमबाट नेपाली, हिन्दी र अङग्रेजी भाषामा कविता प्रस्तुत गरिएको थियो।
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै अध्यक्ष एसआर सुब्बाले माटो कवि जीवन थिङ कविता उत्सवमा पठित कविताहरूलाई दस्तावेजको निम्ति पुस्ताकारमा प्रकाशित गर्ने घोषणा गरे। यसैगरि यो उत्सवलाई वार्षिक रूपमा आयोजन गर्ने मनाशय रहेको तथा आउँदो दिसम्बरसम्ममा सङ्कलति कविताहरूको सङ्गालो प्रकाशमा ल्याउने घोषणा गरे। उनले अकादेमीको ऩयाँ मनोनित पदाधिकारीहरूले पनि यो निर्णयलाई अघि बडाएर लाने विश्वास व्यक्त गरे। उनले सिक्किम अकादेमीले अहिलेसम्म गरेका विभिन्न महत्वपूर्ण कार्यहरूको विस्तारमा जानकारी दिए। जीवन थिङको प्रतिमा स्थापना तथा उनले छाडिगएका धरोहर विचारलाई युवाहरूले अनुशरण गर्नुपर्ने आह्वान गरे।
अर्कोतिर कविता उत्सवमा कवि जीवन थिङको कवित्व र कविताबारे प्रवीण राई जुमेलीले वार्ता प्रस्तुत गरेका थिए । उनले कविता लेखनबारे पनि आफ्नो विचार राखेका थिए । कवितासितै जीवन थिङको साहित्यिक पक्ष हेर्नु पर्दा कथा लेखन अझ बलियो र सोध गर्नुपर्ने रहेको बताए ।
उत्सवमा विशेष आकर्षणको रूपमा द एको यात्रा साङ्गीतिक टोलीले कालाजयी नेपाली र हिन्दी गीतहरू प्रस्तुत गरेका थिए ।
उत्सवमा विशेष अतिथिको रूपमा पूर्व विधायक बिरबल तामलिङ,अनुवादक विचारक मन्दिप लामा, कवि गुरु टी लद्दाखी, डा. टीबी छेत्री, जीवन थिङका परिवारका सदस्यगण,एनपीएस निरौला, टिका ढुङ्गेल, भीम प्रधान, सिक्किम अकादेमीका महासचिव पूर्ण योञ्जन, सचिव प्रशासन पीएल शर्मा, डा. पारसमणी दङ्गाल, पवल राईलाई विशेष अतिथिको रूपमा आयोजकको तर्फबाट सम्झाउऩी प्रदान गरियो ।
कविता उत्सवमा बीरभद्र कार्कीढोली,प्रवीण राई जुमेली, ,गुरू टी लद्दाखी, भीम ठटाल ,रत्ना लक्सम सुब्बा,मोहन गौतम,गोपाल के छेत्री,प्रवीण खालिङ,पवन बाहुन ,गोपाल ढकाल,मणिका शर्मा,सिमियोन सुकिता राई,सोनाम पाल्जोर,प्रमिल थिङ,उषा शर्मा,रिकी लह्मु लेप्चा,फुर्बा खाण्डु शेर्पा,अम्बर लाछिकाठी,जिवीका अश्रु,सरोजनी सुब्बा,सबिना राई,अविगेल राई, अमर बानियाँ लोहोरो,दीपा राई,सुचन प्रधान,रवी रोदन,आयुश्री सुब्बा,सप्तिका राई,रूपा तामाङ,पासाङ छिरिङ तामाङ,विश्वजीत बास्कोटा,हेमन्त उपाध्याय, ,भीम रावत,दावा योञ्जन,पुरण भण्डारी,जीएस नेम्बाङ,युमिता राई,सन्ध्या सुब्बा,इडेन भोटिया,पुजा छेत्री,सहयात्री प्रितम,हेमन्त गौतम र अन्यले नेपाली हिन्दी र अङ्ग्रेजी भाषामा कविता पाठ गरेका थिए ।




