धनकुटाको सहिदभूमिका ग्रामीण सडकहरुमा क्षति,चट्टयाङ लागेर एक घाइते

नरेन्द्र कश्चित/धनकुटा,१९ असोज । आज विहान सहिदभूमि १ हाङगुवाका पुर्ण सोताङ राई चट्टयाङ लागेर घाइते भएका छन् ।घाइते राईलाई उपचारका लागि हस्पिटल लगिएको सहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।
सहिदभूमिमा हालको अविरल वर्षाका कारण जनको क्षति नभएको तर सहिदभूमिका सबै बडाका ग्रामीण सडकहरुमा भने निक्कै क्षति भएको र गाउँपालिकाभित्रका शाखा ग्रामीण सडकहरु पूर्ण रुपमा यातायात सेवा अवरुद्ध भएको अध्यक्ष राईले बताए ।
सहिदभूमिमा पहिरोले लगभग ४ वटा घरहरु पुरिएका छन भने घरका मानिसहरुलाई सुरक्षित रुपमा स्थानान्तरण गरिएको समेत गाउँपालिका अध्य्यक्ष राईले बताए ।साथै थप विवरणहरु प्राप्त गर्न केही दिन लाग्न सक्ने समेत अध्यक्ष राईले बताए ।यसैगरि सगिदभूमि -६ मा अवस्थित श्री ठाकुरदेवी माविको वाल भत्किदा लाखौको क्षति भएको विद्यालयका सहायक प्रधानाध्यापक पदम भण्डारीले बताए ।
साथै विद्युुत सेवा समेत आंशिक रुपमा अवरुद्ध भएको छ भने विद्युुत सेवा पुर्ण रुपमा संचालनका लागि केही दिन लाग्न सक्ने सहिदभूमि पिप्ले फ्युज सेवाका कर्मचारी रामकुमार राईले बताए ।




