स्थानीय

पाख्रिबासको शनिबारे हटियामा किनबेच गर्नेको घुइंचो

धनकुटा,११ असोज । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित शनिबारे हटियामा दशैं लक्षित किनमेल गर्नेको घुइंचो लागेको छ ।

हटियामा साग-सब्जी,खाद्यान्न, कपडा लगायत बिक्रीका लागि ल्याइएको छ ।

हरेक शनिबार हाट लाग्ने भएपनि फूलपाती भित्रिन मात्रै २ दिन बांकी भएकोले पनि दशैंको लागि किनमेलका कारण आज अत्याधिक भिडभाड लागेको हो ।

हटियामा पाख्रिबास नपा सहित धनकुटा नपा १ हिलेबाट पनि किनबेचको लागि हटिया आउने गरेका छन् ।

Related Articles

Back to top button