धनकुटामा पिकअप र मोटरसाइकल ठोक्किंदा दुई जना घाइते

धनकुटा,७ असोज । धनकुटामा पिकअप र मोटरसाइकल एकापासमा ठोक्किंदा दुई जना घाइते भएका छन् ।
आज दिउंसो धनकुटा नगरपालिका ६ स्थित भित्री सडक खण्डमा भिमनारायण चौकबाट नगरपालिका जादै गरेको को १ च ९९३८ नम्बरको पिकअप र बिपरित दिशाबाट आउदै गरेको को २६ प ७७७ नम्बरको मोटरसाईकल एक आपासमा ठक्कर खाई दुर्घटना हुंदा मोटरसाइकल चालक धनकुटा नगरपालिका वडा नम्बर ५ बस्ने ५१ बर्षिया लोकमणी घिमिरे र उहांको आमा ७६ बर्षिया पार्वती घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घिमिरेको घुंडामा चोट लागेको र अवस्था सामान्य र आमाको टाउकोमा चोट लागेको साथै अवस्था मध्यम रहेको छ ।
दुबै जना घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा सामान्य उपचार पश्चात दुवैजना घाईतेलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा तर्फ रेफर भएको प्रहरीले जनाएको छ ।




