स्थानीय
सुनसरीमा मिनीबस दुर्घटना, २ जनाको मृत्यु

सुनसरी । भोकाहा नरसिंह गाउँपालिका– फुलचोकमा आज बिहान पश्चिमतर्फबाट आउँदै गरेको मिनीबस सडक किनारमा रोकिएको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्थानीयहरूसँगै घटनास्थल पुगेको थियो।
घाइते यात्रुहरूलाई उद्धार गरी नजिकैको अस्पतालमा प्रारम्भिक उपचार गराइएको र थप उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।




