समाचार
जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपसहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। यससँगै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेश गर्नुपर्ने मागसमेत गरिएको छ।
पूर्वप्रतिनिधिसभा सदस्य तथा कांग्रेस सांसद अभिषेक प्रताप शाहले यो जाहेरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत दर्ता गराएका हुन्।




