आदिवासीयुके विशेष

बेलायतकाे स्विन्डनमा १६ औँ राष्ट्रिय बिभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्ति मनाइयो

बेलायतकाे स्विन्डनमा गत ११ नोभेम्बर २०२३ शनिबारका दिन नेपालको १६ औँ राष्ट्रिय बिभुति मुहिङगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्ति विविध कार्यक्रमकाे आयोजना गरि मनाइएको छ ।

लिङदेनको १ सय ३९ औँ जन्मजयन्तिको अवसरमा स्विन्डनमा महागुरु जन्मजयन्ति शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाइएको छ । सेवा साबा संयाेजक मंगल सिं लिङदेनकाे नेतृत्वमा बिहान ७:०० बजेबाट सेवापुजा सुरु भई मध्यान ११ बजे सबै सेवा सके पछि ओैपचारिक कार्यक्रम तर्फ केन्द्रित भएका थिए । किराँती समुदायका धर्मावलम्बीहरूले मौलिक पोशाकमा उपस्थित भई एक आपसमा शुभकामना आदान–प्रदान तथा फाल्गुनन्दको योगदानको चर्चा गर्दै जन्मजयन्ति मनाएको आयोजक संस्था किराँत धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके उपाध्यक्ष राजेन्द्र खिम्दिङले बताउनु भयाे ।

उहाँका अनुसार विगत लामो समय देखि मुहिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ति बेलायतमा भब्य मान्दै आएकाे र समय र परिस्थित अनुसार बेलायतकाे विभिन्न स्थानहरुमा जन्मजयन्ति मान्दै आएकाे याे यसपालिकाे १३९ ओै जन्मजयन्ती चाहिँ स्विन्डनमा विभिन्न संघ, सस्थाका प्रतिनिधिकाे उपस्थितिमा सम्पन्न भएकाे बताएका छन ।

कार्यक्रमकाे प्रमुख अथिति बेलायत नेपाली राजदुवास उपनियाेग श्रीमती राेशन खनालकाे रहनु भएकाे थियाे भने विशेष अथितिहरुमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सहल्लाकार धरान माङहिमका पुर्ब अध्यक्ष पञ्चराज थाेप्रा, अथितिहरुमा किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुम पत्रकार महासघ बेलायतका प्रतिनिधि बिश्वास दिप तिगेला, गुरुङ समाज स्विन्डेनका प्रतिनिधि श्रीमती तिज गुरुङ,किरात राई यायाेखाका स्विन्डन शाखाका अध्यक्ष भाेला बिक्रम राई, NAW का अध्यक्ष ज्ञान गुरुङ, विश्व साहित्य महासंघ बेलायतका अध्यक्ष लाल सुन्दर राई, लगाय विभिन्न बिभिन्न समाजिक संघ संस्थाहरु प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रम प्रमुख अथितिकाे हस्तवाहुलिबाट उदघाटन हुन साथ किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय युके उपाध्यक्ष लाेचन चाेङवाङक्याकले स्वागत मन्तब्य राख्नु भएकाे थियाे । महागुरु फाल्गुनन्द लिङदेनज्युकाे संक्षिप्त जीवनीकाे बारेमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष नन्दा चेम्जाेङले प्रस्तुत गर्नु भएकाे थियाे ,

यसै गरि किरात याक्थुङ चुम्लुङ बेलायतका महासचिव जुरेन्द्र खजुमले नेपालकाे राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दज्युले समाजमा दिएकाे अमुल्य याेदानकाे बिषयमा आफ्ना शुभकामना मन्तब्य सहित राख्नु भएकाे थियाे, राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङदेन महान युगपुरुष साथै विश्व शान्तिका उदघाेषक,सत्य, अहिंसा मार्ग दर्शनका एक महान मानव र समाजका लागि एक महान दार्शनिक हुन उहाकाे महान बिचार दर्शन र सत्य मार्गले विश्व मानव जगतमा शान्ति छाउन सकाेस भनि कार्यक्रमका प्रमुख अथितिज्यु आफ्ना शुभकामना मन्तब्य सहित राख्नु भएकाे थियाे ।

यसै गरि महागुरुकाे जन्मजयन्तीकाे पावन आवसरमा किरात धर्म साहित्य उत्थान संस्था राष्ट्रिय समिति युकेले किरात धर्मलम्बी भान्जा भान्जीहरुलाई बिबिधि बिषयगत उच्चा शिक्षा हासिल गरेकाेमा प्राेत्सानका लागि प्रशंसा पत्र प्रदान प्रदान गरेकाे थियाे

निर्मल पतङवाकाे संयाेजकत्वमा किरात साम्याे साक्थिङगेन्न पान्जुभाे युके समिति कलाकारहरुकाे माैलिक माङलाङ, केलाङ, युमालाङ र थेवालाङ प्रस्तुत गरिएकाे थियाे भने प्रमुख अथिति लगायत अथितिहरुलाई माैलिक माङबाजा र भेषभुषा सहित स्वागत गरेका थिए

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायत अध्यक्ष राम सिं थेबेले सभा बिर्शजन गर्नु भएकाे थियाे भने कार्यक्रम सचिव लाल लिङदेन र सहसचिव पर्बत राईहरुले संचालन गरेका थिए ।

– ज्ञानु फुरुम्बाे चरपे

Related Articles

Leave a Reply

Back to top button