साहित्य सिर्जना

‘साहित्य सङ्गालो’ को दोस्रो काव्य–सन्ध्यामा ८ कविका कविता सुनिए

बेलायत,
गत १६ अगस्ट २०२५ का दिन दोस्रो काव्य–सन्ध्यामा आठ कविहरु एल्डरसटको एक रेस्टुरेन्टको हलको अग्रभागमा थिए । सामुन्नेमा बसेका दर्शकहरू ध्यानमग्न भएर कविता सुनिरहेका थिए । नेपाली मौलिक सुमधुर धुनसँगै कविता वाचनमा मात्र कार्यक्रम केन्द्रीत थियो । यो दृश्य ‘साहित्य सङ्गालो’ बेलायतले आयोजना गरेको दोस्रो काव्य–सन्ध्याको थियो ।

काब्य सन्ध्याको नियम अनुसार आठजना कविहरूले आफ्नो तीन–तीन वटा कविता सुनाए । ति कविहरु थिए डा. सुमाया राई, प्रयास दुमी राई, केदार सुनुवार संकेत, दुर्गा प्रसाद पोख्रेल, गोपी सापकोटा, दिपा लिम्बु राई, लिला सेलिङ माबो र सुस्मा रुपाबुङ राई ।

झण्डै ४ दर्जन दर्शक स्रोताहरुको माझमा कविहरुले आफ्ना उत्कृष्ट सिर्जनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमलाई नर्भिकजंग रायमाझीले संचालन गरेका थिए । अनलाईन साहित्यिक पोर्टल साहित्य संगालो डटकमले काब्य सध्या कार्यक्रम लगायत विभिन्न स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने गर्दछ ।

Related Articles

Back to top button