समाचार

भाषा आयोग र कियाचुबीच भेटघाट

याक्थुङ/लिम्बु र मैथिली भाषाको कार्यान्वयनमा समन्वयका लागि छलफल

२५ जुलाई, काठमाडौं । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रदेश नं. एक मा याक्थुङ/लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय र तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङका प्रतिनिधिमण्डलले प्रदेश नं. १ को सामाजिक-सांस्कृतिक विविधता र संविधानद्वारा सुनिश्चित भाषिक अधिकारको सन्दर्भमा मातृभाषामा सेवा प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न आग्रह गरे। याक्थुङ (लिम्बु) र मैथिली भाषाको प्रयोग सरकारी कार्यालयहरूमा संस्थागत रूपमा कार्यान्वयन गर्न ठोस कार्ययोजना निर्माणका लागि आयोगसँग सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

भेटघाटमा भाषा आयोगका अध्यक्ष डा. ठाकुरले संविधानले प्रत्याभूत गरेको भाषिक अधिकारलाई कार्यान्वयनमा लैजान आयोग प्रतिबद्ध रहेको बताउँदै प्रदेशस्तरीय समन्वय र स्थानीय तहसँगको सहकार्यबाट कार्यान्वयन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

किरात याक्थुङ चुम्लुङले आयोगका सम्पूर्ण पदाधिकारी र प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै याक्थुङ समुदायको भाषा र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि आयोगबाट निरन्तर सहयोगको अपेक्षा राखेको छ ।

Related Articles

Back to top button