समाचार

पुन मगर समाज युकेले भुमे पूजा आफ्नै मौलिक बाजाका साथ धुमधामले मनायो

लण्डन। पुन मगर समाज युके द्वारा द फेयर वे फार्नबोरोमा भुमे पूजा आफ्नै मौलिक पुजा धुमधामका साथ मनाएको छ। कार्यक्रम ११औं वार्षिक भेट्घाट् तथा सस्कृति पर्व भुमे पुजा २०२५, विदेशमा रहेर पनि आफ्नो मातृभुमीमा पुर्खाहरुले जे जसरी मनाए सोही तरिकाले विधिपुर्वक मनाउदै आफ्नो मौलिक पन भावी सन्ततिहरुमा हस्तान्तरण गर्ने किसिमले मनाएको र भुमे पुजा अत्यन्तै भव्य र अविस्मरणीय रहेको, सस्थाका सचिव तुल चन्द्र तिलिजाले जानकारी दिएका छन् ।

पुन मगर समाजका अध्यक्ष बल बहादुर पुर्जाको अध्यक्षतामा प्रमुख अतिथि मगर संघका अध्यक्ष लाल बहादुर पुन, विशेष अतिथि नेपाली राजदुतावास लन्डनबाट तृतिय सचिब झुप लाल पुन, मगर संघका संरक्षक घन थापा, कृष्णा थापा लगायत मगर संघका पुर्व अध्यक्षहरु, कुल बहादुर थापा, दुत पुन, नेम थापा, सुनिल राना, सीता पुर्जा पुन, तमुधीका उपाध्यक्ष कमल गुरुङ, खाम भाषी अध्यक्ष श्री लिला पुन, बाग्लुङ समाज अध्यक्ष खड्ग थापा, पुर्व अध्यक्ष छवि माया पुन, मगर संघयुकेका ट्रस्टि, पुर्व ट्रस्टिहरु, मेजर शान्ता पुन, मेजर राम पुन, सुरज पौडेल (Chairman PWS) नर बहादुर पुन (Ex MP Nepal) लगायत विभिन्न संघ सस्थाका अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

धौलागिरी नौमती बाजा र पुर्खेउली नाचले बढाइ गर्दै प्रमुख अतिथी लगायत अन्य अतिथिहरुलाइ स्वागत गरेर मुख्य भुमे पुजा थान देखि जङ्गलको थान सम्म अत्यन्तै रोचक र मातृभुमी मै रहेको भान गराउदै सबैले पुजा गर्नुका साथै पुजाको विधिको अन्त्य गरेका थिए।

भुमे पुजा सम्पुर्ण कुल पित्रीको स्मरण गर्दै घरमा भित्र्याउने, भुमी खुशी बनाउने र यस्को मुख्य उद्देश्य रोग ब्याधी नलागोस, अन्न बालीको सह बसोस, दैबी प्रकोप नलागोस गृह लक्ष्मीको बास होस् र सम्पुर्ण प्राणी जगतकै भलो होस् भनि पुजा गर्छन्। मुख्य थानमा रातो शक्तिको रुप र सेतो शुभको प्रतीक रहेको झन्डा र झन्डा मुनि थानमा पुजा गर्ने र त्यो पुजा जङ्गलको थानमा लागि बलि चढाउने चलन रहेको (बेलायतमा खर्बुजा बली चढाएको) र नयाँ पुस्तालाई हस्तान्तरण गर्न सस्कार सस्कृति बचाइ राख्न ऐतिहासिक पुजा गरिएको सस्थापक अध्यक्ष बल पुर्जा मगरले जानकारी दिएका छन् ।

प्रमुख अतिथिको शुभकामना मन्तव्य पछि सस्थाका अध्यक्ष बल पुर्जाले आमन्त्रित पाहुना र कार्यक्रम सफल बनाउन अहोरात्र सहयोग गर्नुहुने, प्रत्येक्ष अप्रत्यक्ष देखि आर्थिक सहयोग गर्नुहुने सबैलाइ धन्यवाद र शुभकामना दिदै आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रम संचालन सचिब तुल चन्द्र तिलिजा पुनले गरेका थिए। नयाँ सदस्य बनेका र कुनै पनि क्षेत्रमा प्रगति हासिल र पदोन्नति भएकालाइ प्रमाणपत्र सहित स्वागत सम्मान गरेका थिए।

कार्यक्रममा आरुसी पुन, रोज अधिकारी, जेनी चोचाङ्गे, अस्मिका, श्रीमती हेमा , टीका देवी र स्मीता पुन, जस्लीन पुन, देजी पाइजा, अन्जना, गीता, सोनिया पुन र मिलन थापा लगायतको आ आफ्नो सास्कृतिक नाच रहेको थियो।

कार्यक्रमको अन्त्य सम्म नेपाल बाट आउनु भएका प्रख्यात कलाकारहरु प्रेम बिवस घर्ती, अनुपा रोका, रमिला बुढा मगर, गगन पुनले माहोल तताएका थिए।

Related Articles

Back to top button