आदिवासी

आदिवासी जनजाति महासंघ युकेद्धारा राजदुत घिमिरेलाई स्वागत

गत १ मार्च २०२५ का दिन नेपाल आदिवासी जनजाति महासंघ युकेले नबनियुक्त राजदुत चन्द्र कुमार घिमिरेलाई एक कार्यक्रम गरि स्वागत गर्यो ।

महासंघको अध्यक्ष रिटायर्ड मेजर योगेस राईले आफ्नो संस्थाको परिचय दिदै, दुतावासबाट गरिने अपेक्षा समेत राख्दै खदा लगाई दिएर स्वागत गरेका हुन । किरात याक्थुङ चुम्लुङका अध्यक्ष कमला सेन्दाङ, राई यायोक्खा युकेका कार्यबाहक अध्यक्ष आस राई, नेपाल मगर संघका महासचिव गुमानसिं थापामगर, दुरा समाज युकेका अध्यक्ष ईन्द्र दुरा लगायत उपस्थित जातिय संस्थाका अध्यक्ष तथा प्रतिनीधिले राजदुत घिमिरेलाई स्वागत गरेका थिए ।

राजदुत घिमिरेले दुतावासको सेवाको बारेमा उठेको सवालहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउदै आफ्नो स्वागतको निमित्त गरिएको कार्यक्रम प्रति धन्यवाद ब्यक्त गरे ।

कार्यक्रमलाई महासचिव फारम बहादुर दुराले संचालन गरेका थिए ।

Related Articles

Back to top button

This will close in 0 seconds