प्रथम नेपाल तारा गायक दिपक लिम्बु सांगितिक यात्रामा युके आईपुगे

लण्डन,
१५ मे २०२५ । नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाएका चर्चित तथा लोकप्रिय गायक प्रथम नेपाली तारा दिपक लिम्बु साँगीतिक यात्राको क्रममा युके आइपुगेका छन ।
गत साता मे १० का दिन ग्रेस कम्युनिटी सेन्टरमा सेवारो कलाकार संघ युकेको आयोजनामा सम्पन्न भएको यक्वा तङ्नाम कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिए । सोही कार्यक्रममा गायक लिम्बुले आफ्नो ७ औं गीती एल्बम पैसा को विमोचन समेत गरे । सो एल्बम सेवारो कलाकार संघ युकेका उपाध्यक्ष अग्निप्रसाद केदेम संगको सहकार्यमा निर्माण भएको हो । नेपाली फिल्मी क्षेत्रमा एकछत्र राजगरेका लिम्बुले लगभग तीन हजार हाराहारीमा गीतहरु गाइसकेका छन् ।
गायक लिम्बु – नेपाली तारा सन् २००५ बने सँगै बिगत दुई दशक देखी गीत संगीतमा निरन्तर सकृय छन । नेपाल तारा बन्नु अगावै पनि उनले गीतसंगीतमा धेरै दुःख गरेका हुन । उनको धेरै फिल्मी गीतहरु र सदाबहार आधुनिक गीतहरु लोकप्रिय छन् । उनलाई चिनाउने खास गीतहरुः यहाँ देशको छ चिन्ता तिमी माया माया भन्दौ, मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ, मैले तेही भएर मन पराएको, नाई नभन्नु ल? सागर बरु सुकेर गई जाला जान्न माया माया सुकेर, मैले माया गर्नु जानिन होला, सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला, माया गर मायालुले जस्ता दर्जनौ गीतहरु रहेका छन् ।
नेपाल तारा लिम्बुको युकेका बिभिन्न ठाँउमा कार्यक्रमहरु रहेको कुरा सकुन नेम्बाङले जानकारी दिएकी छिन भने युकेको कार्यक्रम सके लगतै नेपाल फर्किएर उनको पहिलो स्वर्णिम साँझ कार्यक्रम यही आउने भाद्र महिनामा हुने बताएका छन जसलाई मुख्य आयोजना ओ एस म्यूजिक ले गर्ने भएको छ ।
गायक लिम्बुले नेपाल तारा २००५, छिन्नलता पुरस्कार २००७, वेष्ट भोकल फिल्मी अवार्ड २००८, नेशनल फिल्म अवार्ड २००९ (वेष्ट प्लेब्याक सिंगर), डि–सिने अवार्ड २०१० (वेष्ट प्लेब्याक सिंगर) र नारायण गोपाल युथ म्युजिक अवार्ड २०१६ प्राप्त जित्न सफल भएका छन् । उनका गीति एल्बमहरुः नेपाल तारा दिपक लिम्बु, स्रोता, श्रब्य, श्रेया, गन्तब्य २, सिटिजन युके र पैसा बजार आईसकेका छन । पटक पटक साँगीतिक कोसेली लिएर विश्वयात्रामा गरिसकेका लिम्बु अहिले युकेमा आईपुगेका छन् ।







