नाम्गेलको गाँउ नाटक सास्कृतिक सस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानले आयोजनामा मिति २०८१।०२।२३ गते सास्कृतिक सस्थानको हल काठमाडौं नेपालमा प्रर्दशन भयो ।
सास्कृतिक रुपमा उत्कृष्ठ नाटक हुदाहुदै पनि प्राविधिक र दार्शनिक पक्षमा चाहि प्राज्ञ पुरु लम्सालको परिकल्पना, प्राज्ञ विष्णु मोक्तानको लेखन र सुशिलसिग ठकुरीको निर्देशन रहेको नामगेलको गाउले आफ्नै खुट्टमा बन्चरो हानेको छ । तामाङ सस्कृतिलाई झ्याप्पै उजार गरिएको यस नाटकको दार्शनिक पक्ष अझै दुबिधामै छ भने प्राविधिक पक्षमा ५ पल्ट त दर्शकदीर्गामा अनावश्यक प्रकाश परिचान गरेर दर्शकहरुलाई पनि कलाकार बनाउन खोजिएको थियो ।
यस नाटकमा दुविधा भएको र ताम्वा दर्शनलाईनै अदृश्यरुपमा चुनौती दिएको पक्ष चाहि के हो भने छठ पुजा गरेकै कारणले ताम्वा दर्शन मान्ने निसन्तान नाम्गेल र साल्गीले बच्चा पाएकी हुन कि? छठ पुजा गरेर मागेको सन्तान सङ्योग मात्रै हो? यो दृश्यको ताम्वा दर्शनमाचाहि कि लेखक बिश्नु मोक्तान चुकेको छ, कि ताम्वा दर्शनलाई बुझ्न बाकी हुन्दा निर्देशक चुकेका छन् । यस दार्शनिक पक्षमा लेखक व निर्देशक जो चुकेता पनि यस नाटकको परिकल्पनाकारनै यस नाटकको मार्गनिर्देशक भएकोले यसको सवलपक्ष र दुर्वल पक्षको जिम्मेवारी परिकल्पनाकारमा जानेछ । सास्कृतिक पक्षमा लोभिन्दा नाटयघटना उत्कर्षमा नपुग्दै पार्स्श्व सम्वादबाट केसाङले चुनाव जितेर नाटक समाप्त हुन्छ । यो उदेश्य राम्रो छ, तर अझै यो उदेश्यलाई दृश्यात्मक विधिमार्फत तार्किक बनाउन सकिकिने थियो, यस टाउमा निर्देशकले यस नाटकको परिकल्पनाकार पुरु लम्सालको ३ दशकको नाट्य अनुभवलाई प्रयोगमा ल्याउन सकेको भए निर्देशककै नाट्य् उचाई बड्ने थियो ।
हुन त यो सुधारात्मक पक्षमा नलेखेको भए पनि हुन्थ्यो किन कि सामान्य आखाले हेर्दा यि दुविधाहरु देखिन्दैन पनि थिए, तर नेपाल सरकारकै प्राग्यहरुले गरेका सृजनाहरुले सरकारको प्रतिनिधित्व गर्ने भएकोले कुनै पनि पनि सृजनालाई दुविधामुक्त बनाउदा राम्रो हुने थियो । तर राम्रो पक्षा चाहि के छ भने यस नाटकमा सास्कृतिक पहिचान खोजिएको छ भने तामाङ सस्कृतिलाई झ्याप्पै देखाइएको छ ।
यस नाटकमा रामभजन कामतले मधीशीको भुमिकालाई न्याय गरेका छन् भने उमाकान्त साप्कोटाले आर्यनको भुमिकामा उत्कृष्ठ गरेका छन्म्, साप्कोटको अभिनयले आर्यनको भुमिकालाई ऐनाझै छर्लङै पारेका छन् । तर परिचयात्मक दृश्यमाचाहि मधेशी मास्टरको भुमिकामा रहेको राम भजन कामत अल्मलिएका छन्। मधेशी मास्टरलाई नया ठाउ र रिमठिम कार्यमै प्रवेश गरए पनि कुनै अभिनयात्मक कार्य निर्देशकले नदिनु र सरकारी कलाकार राम भजन कामतले पनि कुनै अभिनयात्मक कार्य नगर्नु चाहि निर्देशक र सरकारी कलाकार दुबैको लागि प्रश्न हो । यस नाटकमा सानुमाया तामाङले केसाङको भुमिका र सगुन तामाङले नामगेलको भुमिकालाई तामाङ लयमानै उत्कृषठ अभिनय गरेका छन् तर सुशिला थापाले चाहि साल्गीको पात्रलाई अभिनयमा न्याय दिएता पनि पात्रको बोलीको लयमा चाहि अझै तामाङ लय टिप्नको लागि मिहिनेत गर्न बाकी देखिन्थ्यो । अन्य कलाकारहरु सन्तोश तामाङ, अन्जु खडका, रितेश तामाङ, निशान चौलागाई, सबिता तामाङ, निरवहादुर खपाङी, गोबिन्द बस्नेत, कमल बसेल, निर्जला लम्साल, सौरभीसिङ ठकुरी, रिचा पोखरेल आदिले आफ्नो भुमिका अनुसार राम्रै अभिनय गरेका थिए ।
यस नाटकको सङ्गीतमा नारायण दङ्गान्, भेषभुषामा सवनम सिलवाल र् सविता तामाङ, मन्चमा रविन तामाङले ताम्वा दर्शनलाई न्याय गरेका छन् तर अगाडिको समयमा निवर्तमान सदस्य सचिवजस्तो सम्मानित श्रष्ठालाई पनि दर्शकले खचखच भएरिएको हलको पछाडी उभिएर नाटक हेराउनु, निमत्याएको दर्शकहरुलाई राम्रो व्यवस्था गर्न नसक्नु चाहि सरकारी आयोजक सस्थाको पुरानै रोग हो ।