समाचार

सिङ्गककाे ‘काेइलाखाद’ उपन्यासको विमाेचन

अप्रिल २, काठमाडौं । मजदुर दिवसको अवसरमा लेखक श्याम सिंगकको उपन्यास “कोइलाखाद” विमोचन भएको छ। सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बिमोचित उपन्यासमाथी लेखक नयनराज पाण्डे र अध्येता कैलास राइले आफ्नो धारणा व्यक्त गरेका थिए।

लेखक पाण्डेले उपन्यासकार सिंघकको लेखनिको प्रशंसा गर्दै अनुसन्धान गरेर लेखिएका उपन्यासहरुमा समाजको यथार्थ चित्रण गरिने हुँदा यस्ता उपन्यासहरु धेरैभन्दा धेरै मात्रामा लेखिनुपर्ने धारणा व्यक्त गरेका थिए। श्रमिकहरुको कथा वैश्विक बिषय हो। यस्तो बिषयवस्तुहरुमा पाठकहरुको सहानुभुती हुन्छ। तसर्थ यो उपन्यास अङ्ग्रेजी साहित्यमा पनि अनुबाद हुनुपर्ने वहाँको धारणा थियो।

अर्का वक्ता कैलास राइले उपन्यासमा कोइलाखादसम्बन्धी धेरै दस्ताबेजहरु रहेकोले यसलाइ अनुसन्धानको पाटोबाट हेर्नुपर्ने तर्क व्यक्त गरिन्। सानो छँदा बोजुहरुले कथा गर्ने कोइलाखादको बारे उपन्यासमा पढ्न पाउनु खुसिको कुरा रहेको साथै यसले कोइलाखादमा काम गर्ने श्रमिक वर्ग र त्यहाँ बसोबास गर्ने समुदायको अर्थ सामाजिक र अर्थ राजनैतिक पक्षलाइ पनि साह्रै मिहिन ढंगबाट प्रस्तुत गरेको बिचार ब्यक्त गरिन्।

उपन्यासकार सिङ्गक ।

लेखक सिंघकले भने ब्यवसायिकरण र बजारिकरणको हिसाबले भन्दापनी दस्तावेजिकरण होस भनेर उपन्यास लेखेको बिचार ब्यक्त गरेका थिए। पहिलेको उपन्यासहरु भन्दापनि अझै मिहिनेत गरेर लेखेको हुँदा यस उपन्यासबाट पाठकहरुको मन जित्ने कुरामा विश्वास रहेको पनि उनको तर्क थियो । लगभग पाँच बर्षको अध्यन र अनुसन्धानबाट तयार पारिएको “कोइलाखाद” उपन्यासमा उनले सक्दो मिहिनेत गरेकोले आफू सन्तुष्ट रहेको बताएका छन् ।

कार्यक्रममा प्राज्ञ राजन मुकारुङ, कवि स्वप्निल स्मृति, केशव सिलवाल, चन्द्रवीर तुम्बापो, प्रकाश रम्घाली, विमला तुम्खेवा, कुन्साङ, नवीन बिभास लगायतका साहित्यिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Related Articles

Back to top button