NRNA Specialसमाचार

सर्वोच्चले अन्तरिम आदेश दिएनः तोकिएको मितिमै महाधिवेशन हुन्छ

सामाजिक सञ्जालमा भ्रमपूर्ण सम्प्रेषण

काठमाडौँ – २३ अप्रिल २०२५ का दिन सर्वोच्चले अन्तरिम आदेश दिएनः अन्तत तोकिएको मितिमै महाधिवेशन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘एकता महाधिवेशन’ यही बैशाख २० देखि २२ (मे ३ देखि ५ तारिख) सम्म काठमाडौँमा सम्पन्न हुने भनी उच्च स्तरिय समितिले स्पष्ट पारेको छ।

उच्चस्तरीय समितिले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महाधिवेशन पर सर्ने भनी गरिएको प्रचार भ्रमपूर्ण भएको पनि जनाएको छ।

“महाधिवेशन सार्न भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गरिए पनि त्यो निवेदनका आधारमा कुनै अन्तरिम आदेश जारी नभएकाले तोकिएको मितिमै महाधिवेशन गर्नमा कुनै पनि अवरोध छैन,” विज्ञप्तिमा भनिएको छ।

उच्चस्तरीय समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै डेलिगेट्स बन्नका लागि आवेदन दिने प्रक्रिया सकिएको र निर्धारित समयभित्र ३,१८१ जनाले आवेदन दिएको जानेको छ। ती आवेदनहरू हाल प्रमाणीकरणको चरणमा रहेको, निर्वाचन समितिले आफ्नो काम सुरु गरिसकेको र डेलिगेट्सहरू महाधिवेशनमा सहभागी हुन देश-विदेशबाट काठमाडौँ आउने क्रम सुरु भै सकेको पनि समितिले जनाएको छ।

यस्तो अवस्थामा केही पक्षबाट भ्रम सिर्जना गर्ने कामहरु भै रहेको पाइएकाले त्यस्तो भ्रममा नपर्न हामी हार्दिक अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ।

“ महाधिवेशन रोकिएको छैन। तोकिएको समयमै हुन्छ।। त्यसैले कुनै पनि भ्रममा नपरी काठमाडौँ आएर एकता महाधिवेशन सफल बनाउन हामी सम्पूर्ण प्रतिनिधिज्यूहरुमा हार्दिक अपिल गर्दछौँ,” उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भनिन् ।

Related Articles

Back to top button