युके विशेष

फर्कने बेला दूतावासकी उपनियोग प्रमुख खनाल विवादमा, भूपू गोर्खालाई दूतावास भित्र प्रतिवन्ध

लन्डन । आफ्नो ४ बर्षको कार्यकाल सकेर यही महिना नेपाल फर्कन लागेकी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल विवादमा तानिएकी छन् ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले खनालले पूर्वाग्रही रुपमा आफुलाई दूतावासभित्र जान प्रतिवन्ध लगाएको भन्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उजुरी दिएका छन् ।

‘बिहीबार गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा बेलायत आउनु भएका गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगासंगै म अवलोकन भ्रमणमा दूतावास जाने तय भएको थियो । म गुल्मी जिल्ला समाज यूकेको सल्लाहकार पनि भएको र आफ्नै गाउंका स्थानीय प्रतिनिधिहरुसंग दूतावास जान मलाई साथीहरुले अनुरोध गर्नुभयो । मैले सहर्ष स्वीकारें । पछि दूतावासकी उपनियोग प्रमुख श्रीमति रोशन खनाल ज्यूले गुल्मी जिल्ला समाज यूकेका महासचिव महलाल घिमिरेमार्फत मलाई दूतावासमा प्रवेश नदिने खवर पठाउनु भएछ । गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी बाल्यकालमा एकै स्कुल पढेका र अरु आफ्नै गाउंका स्थानीय प्रतिनिधिहरुका अगाडि मलाई दूतावासमा प्रतिवन्ध भएको खवरले म निकै अपमानित भएको महशुस गरेको छु’- गाहामगरले ओलीलाई पठाएको पत्रमा भनिएको छ ।

उनले अगाडि लेखेका छन् ‘म बेलायतका २३ हजार बढी पञ्जीकृत सदस्यहरुबाट निर्वाचित एनआरएनए यूके अध्यक्षलाई आफ्नो कार्यकाल सकिएर फर्किन तयार दूतावासमा दोश्रो दर्जाकी उपनियोग प्रमुखले के आधारमा प्रवेश रोक लगाउनुभयो ? दूतावास त विदेश बस्ने सबै नेपालीको घर होइन र ? दुःख आपतविपत पर्दा हामी शरण पर्ने ठाउं दूतावास हुनु पर्ने होइन र ? आफ्ना नातागोता, साथीभाईलाई दूतावासको आवास गृहमा महिनौं राख्ने तर बेलायतमा स्थायी बसोवास गर्ने नेपालीलाई औपचारिक भेटघाट वा कार्यक्रममा जान रोक लगाउने खनालको यो रवैया निजामति कर्मचारीको आचारसंहिता र अनुशासनभित्र पर्छ ? यसबारे गम्भीर छानविन होस् भन्ने हाम्रो माग छ ।’

उनी पत्रमा अगाडि लेख्छन् ’प्रधानमन्त्रीज्यू, श्रीमति खनालले नक्कली भुटानी शरणार्थी र नक्कली माओवादी पीडित बनेर शरणार्थी भिसा लिनेलाई एनआरएनए यूके अध्यक्ष मानेर दूतावास छिराउने तर उहांको विरोध गर्ने जननिर्वाचित अध्यक्षलाई प्रतिवन्ध लगाउने क्रम लन्डन आएदेखि नै गर्नुभएको थियो । फर्कने बेला पनि आफ्नो असली रुप देखाइरहने डिप्लोम्याट्सलाई तुरुन्त कारवाही गरियोस् भन्ने बेलायतका समस्त नेपालीको माग छ ।

गाहामगरले अल्डरसटमा धेरै भूतपूर्व गोर्खा बुढाबुढी भएकाले घुम्ती सेवामार्फत उनीहरुको राहदानी लगायत अन्य कागजात बनाइदिन पटक पटक आग्रह गर्दा खनालले जातीय भेदभाव गरि नआएको तर मिडल्यान्ड, स्कटल्यान्डमा भने गएर सेवा दिएको गम्भीर आरोप समेत लगाएका छन् ।

गाहामगरले गोर्खाहरुकै योगदानका लागि बेलायतले नेपाली दूतावासलाई क्राउन प्रपर्टी दिएको बताउंदै अब दूतावासभित्रै एउटा गोर्खा डेडिकेटेड अफिस राख्न पनि नेपाल सरकारसँग माग गरेका छन् ।

पत्र जस्ताको तस्तै:

Related Articles

Back to top button