प्रवास

नेपाली समाज टेक्ससको रजत जयन्तीमा ९६ संघ संस्थाहरुको सहभागिता

गत ३० सेप्टेम्बर २०२३ का दिन अमेरिकाको टेक्सास राज्यको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा सन १९९८ मा स्थापित यस क्षेत्रको सबै भन्दा ठूलो संस्था नेपाली समाज टेक्ससले संस्था स्थापनाको २५ औं वार्षिक उत्सव ईतिहासमै पहिलोपटक बिभिन्न ९६ संघ, संस्थाहरुको सहभागिता गराउँदै विविध सांस्कृतिक झाँकिहरुकासाथ नेपाली परेडका रुपमा भव्य रजत जयन्ती समापन गरेकोछ।

संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेक्सास राज्यको युलेस सिटीकी मेयर लिण्डा मार्टिन प्रमुख अथिति रहेकी थिईन । नेपाली समाज टेक्ससले २५ वर्षको अवधिमा गरेका सम्पूर्ण गतिविधिहरुलाई समेटेर छापिएको “रजत जयन्ती स्मारिका” को पनि यसै दिन विमोचन गरिनुका साथै यस रजत जयन्तिमा सहभागिता जनाउने र नेपाली समुदायकोलागि उल्लेखनिय योगदान पुर्याएका ब्यक्तिहरु र संघ-सँस्थाहरुलाई प्रशँसा-पत्र प्रदान गरिएको थियो ।

उल्लेख्य नेपाली जनसमुदाय तथा करिब आठ दर्जन जति सामाजिक संघ-संस्थाहरुको सहभागितामा सम्पन्न सो अवसरमा मगर संघ अमेरिका, लिम्बु-संस्था किरात यक्थुङ चुम्लुङ, किरात राइ सोसाईटी, डि एफ डब्लु गुरुङ (तमु) समाज, अमेरिका मधेशी समाज, तमाङ समाज अमेरिका, युनाईटेड किरात राइ संघ, मधेशी अस्सोसियसन इन अमेरिका लगायतका जातिगत संघ संस्थाहरुको पनि सांस्कृतिक झाँकिसहित सहभागिता भएको थियो।

नेपाली समुदायबाट शुरु भएको “नेपालीका लागि नेपाली” सामाजिक अभियान उत्कृष्ट रहेको बिचार व्यक्त गर्दै युलेश सिटी काउन्सिल नम्बर तीनका सदस्य टीका पौडेलले अहिले डि.एफ.डब्लु. क्षेत्रमा नेपाली समुदायको जनघनत्व बढ्दै गईरहेकोले नेपाली समुदायका अगुवाहरुले आफ्नो क्षमता बढाउदै अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गरेर सिटी काउन्सिलको नेत्रित्व तहमा पुग्नु पर्ने कुरामा जोड दिनुभयो ।

महासचिव सन्देश उप्रेती, सह-कोषाध्यक्ष गोबिन्द गौतम, सदस्य बिजय भुसाल, सागर अर्याल, जीवन घिमिरे, जुविन राजभण्डारी लगायत ५० जना भन्दा बढी स्वयंसेवकहरु खटिएको नेपाली समाज टेक्सासले जानकारी दिएकोछ।

– नगेन्द्र ईङनाम “आठराईली”
ड्यालस, टेक्सासबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button