
‘गोल्डेन’ स्टेट अफ क्यालिफोर्नियाको सुन्दर सिटी सोनोमा (City of Sonoma (https://www.sonomacity.org/) को पहलमा नेपालको भोटेकोशी बाढी पिडित राहतको लागि नेपाल सरकरको प्रधानमन्त्री आकस्मिक राहत कोषमा १ करोड ७० लाख ३८ हजार ७ सय ५९ रुपैयाँ ७४ पैसा राहत पठाइएको छ।
सोनोमा बिश्वो चर्चित नापा वाइनको क्षेत्रमा पर्ने सुन्दर पर्यटकीय शहर हो। यो शहरमा करिब ३ दशक भन्दा पहिला देखि नै नेपाली-अमेरिकनहरु बस्दै आएका छन्। नेपाली समुदायको कुरा गर्नुपर्दा शेर्पाहरुको जनसंख्या अन्य नेपालीहरुको तुलनामा अलि धेरै छ।
नेपालको भोटेकोशीको दु:खद समाचार देख्ने बित्तिक्कै Sonoma City Councilmember, John Gurney (District 3) र स्थानीय ब्यक्तितित्वहरु Gary Edward and Christian Durupee लगायतले नेपाली मुलका मंगल रानामगरसंग सम्पर्क गरेर दु:खद घटना प्रतिदुख व्यक्ति गर्दै के कसो सपोर्ट गर्नसकिन्छ भनेर सोधे।रानामगर करिब दुइ दशक देखि सोहि सिटीमा बस्दै आएका नेपालको सोलु घर भएका व्यक्ति हुन। उनको Councilmember सँग व्यक्तिगत रुपमा राम्रो संबन्ध छ।
एउटा सानो बैठकपछि Councilmember Gurney ले सबै कोअर्डिनेशन गरेर ‘फन्ड रेज’ अभियान सुरु गरे। सोनोमाका मंगल राना सहित अन्य नेपालीहरु, वाइनरी र रेस्टुरेन्टहरुले सपोर्ट गरे। अन्तमा $116,046.66 रकम जम्मा भयो। उसो त सोनोमा सिटीको संयोजनमा नेपालीमा गएको महाभूकम्पको बेला पनि सहयोग पठाएका थिए।
सो $116,046.66 रकम नोवेम्बर २, २०२६ सोमबारका दिन नेपाल सरकारले प्रदान गरेरको बैंक खातामा वायर गरियो। जसको नेपाली रुपैयाँ १ करोड ७० लाख ३८ हजार ७ सय ५९ रुपैयाँ ७४ पैसा (NPR 170,38,759.74) हुन आयो।
रकम वायर पछि सो अभियानका संयोजन गरेका रानाले वायरको लागि काउन्सिल मेम्बरकै सहमतिमा नेपालीहरुको सँस्था ‘क्यालिफोर्निया शेर्पा एशोसीयशनल’ को EIN नम्बर लिएर सहयोग वायर गरिएको कुरा गराइयो। सो को जानकारी नेपाल सरकार प्रधानमन्त्रीको सचिवालयलाइ गराइएको छ। रकम प्राप्त भएपछि सचिवालयले जानकारी दिने बताएको छ।
रानाले नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सो सहयोग रकम प्रदान भएकोमा सोनोमा सिटी काउन्सिल मेम्बरलाइ धन्यवाद पत्र पठाईदिएमा आभारी हुने कुरा रानाले बताए।




