प्रवास

प्रवासी नेपाली एकता समाज हङकङको अधिवेशन सम्पन्न

२६ डिसेम्बर, हङकङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास अङ्ग प्रवासी नेपाली एकता समाज हङकङको पहिलो अधिवेशन सम्पन्न भएकाे छ ।

पार्टीका अध्यक्ष तथा पूर्वउप प्रधानमन्त्री राजेन्द्र लिङ्देनकाे मुख्य आतिथ्यमा भएको अधिवेशनले ईश्वर विक्रम शाहको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । जसअनुसार शाहले पहिलो एक वर्षको कार्यकालको अध्यक्ष रहने र त्यसपछिका बाँकी कार्यकाल अध्यक्ष पदका अर्का प्रत्यासी तुलसी उप्रेतीले सम्हाल्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको थियोे । यसैगरी छत्र सुब्बालाई अन्तर्राष्ट्रिय समन्वय परिषदमा मनोनयन गर्ने निर्णय भएको थियोे ।

अधिवेशनमा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, केन्द्रिय सदस्य तथा पानस संयोजक प्रेम कुमार श्रेष्ठ, केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्कीको समेत उपस्थिति रहेको थियो ।

कार्य समितिकाे वरिस्ठ उपाध्यक्षमा तुलसी उप्रेती, उपाध्यक्षहरूमा जगत गुरुङ, विष्णु भुसाल, बिनु थापा मगर र उत्तम थाम्सुहाङ, महासचिव र महिला संयोजकमा प्रीती मल्ल, सचिव र युवा संयोजकमा प्रवीण जङ कार्की, कोषाअध्यक्षमा नरेन्द्र कार्की छन् । त्यस्तै, संचार संयोजकमा नारायण भण्डारी, सूचना प्रविधि सल्लाहकारमा सागर थापा छन् ।

सदस्यहरुमा बबिता सेन(स्याङ्जा), पदम कुमार थापा(कास्की), भविन्द्र खाँड(स्याङ्जा), पूरन राई(झापा), अनिता सापकोटा(रुपन्देही), नारायण चोङ्वाङ(झापा), अमृत कुमार थापा(रुपन्देही), उपेन्द्र पाण्डे छन् । सल्लाहकार तथा संरक्षकहरूमा काल सिंह राई, मन बहादुर गुरुङ, लक्ष्मी खपुङ, पुकार शाह, मोती चाम्लिङ र महेन्द्र थापा छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button