रिमेम्बरेन्स परेडमा सगरमाथा गोर्खा नेपाली समाजको सहभागिता
१५ नाेभेम्बर, आसफाेर्ड । सगरमाथा गोर्खा नेपाली समाज आसफोर्ड, केन्टले आसफोर्ड मेमोरियलमा भएको रिमेम्बरेन्स सन्डे परेडमा सहभागिता जनाएको छ ।
आइतबार १० नोभेम्बर २०२४ मा भएको पप्पी डेमा समाजका आरबीएल आसफोर्ड नगेश राईको नेतृत्वमा समाजका ३०० जना सदस्यहरुले भाग लिएका हुन् । हजारौंको संख्यामा उपस्थिति रहेको कार्यक्रममा ठीक ११ बजे बिग बेनको घन्टी (परेड मास्टरको वार्ड अफ कमाण्ड अटेन्सनमा) साथै दुई मिनेट मौनधारण गरिएको थियो । तोपको आवाज (बिगुलर) को लास्ट पोष्ट सकिएपछि मेमोरिअलमा मेयर नान लिन सडार्डसले रिथ (फूल) चढाइन् । लर्ड लेफ्टेनेन्ट, सांसद साथै अन्य प्रतिष्ठित व्यक्तित्वहरूकाे उपस्थितिमा सबैले पलैपालो रिथ चढाएका थिए ।
नेभी, थलसेना, एयरफोर्सका प्रमुखलगायतका व्यक्तिहरु, रिझर्ब, टीए केडेट्स, भेटेरन्सहरुले चढाई सकेपछि अन्य स्थानीय संघसंस्थाका लिडरहरु वा प्रतिनिधिहरुले क्रमश: रिथ चढाएका थिए । सगरमाथा गोर्खा नेपाली समाजबाट अध्यक्ष डम्मर सिङ्गक लिम्बुले रिथ चढाए ।
कार्यक्रममा सबै स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विशिष्ट व्यक्तिहरुबाट रिथ चढाउने क्रम सकिएपछि मार्चपास सुरु गरिएको थियो । सगरमाथा गोर्खा नेपाली समाज बेण्डको पछाडि दोश्रो लहरमा रहेकाे थियोे । सोलुटिङडाईसमा अध्यक्ष डम्मर सिङ्गक लिम्बुले ‘आईज लेफ्ट’ को हुकुममा सवैले बाँया मुन्टो फर्काएर सलामी चढाएका थिए ।
आसफोर्ड पुलिश स्टेसनबाट बाँया मोडिएपछि किन्स स्ट्रीट हाईस्ट्रीट पुगे र मेट्रो बेङक अगाडिको सोलोटिङ ड्यासमा मेयर लगायत सबै सम्मानित व्यक्तिहरुले सलामी थापेका थिए । सगरमाथा नेपाली समाजले “आईज राईट” गरेर लिडलतिर अघि बढे ।
सदाझैँ परेड सकिएपछि चियापानका लागि आरबीएल अध्यक्ष, हेड अफ प्लानिङ र एमपी लिएर सगरमाथा गोर्खा नेपालीको कार्यालय २३ पार्क मल जम्मा भएका थिए ।
चियापान सकिएपछि महासचिव राम लिम्बुको एडमिन ब्रिफपछि आरबीएल अध्यक्षले भेटरनहरुको सुविधाका बारेमा जानकारी दिएका थिए । अध्यक्ष डम्मर लिम्बुले समाजको वर्तमान अवस्था र आरबीएल परोपकारी काेष संकलनमा साथ सहयोग दिने सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यवाद दिएका थिए ।
रिमेबरेन्स सन्डे प्रथम तथा द्वितीय विश्वयुद्ध र अन्य युद्धहरुका क्रममा ज्यान गुमाएका सैनिक र नागरिकको सम्मानमा मनाइने दिवस हो । यो दिवस बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्डलगायत विभिन्न देशहरूमा विशेष महत्वका साथ प्रत्येक वर्ष नोभेम्बर महिनाको दोस्रो आइतबार मनाइन्छ । जुन समय लगभग प्रथम विश्वयुद्धको समाप्तिको सम्झना गर्ने नोभेम्बर ११ नजिकै पर्छ । यो दिनले युद्ध र सशस्त्र संघर्षका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदानको सम्झना गराउँछ । समारोहहरूमा प्रायः विशेष श्रद्धाञ्जलीसभा, शान्तिपूर्ण मौनधारण र वीर सैनिकहरूको सम्मानमा फूल चढाउने कार्यक्रम गरिन्छ ।
रिमेम्बरेन्स सन्डेको मुख्य समारोह लन्डनको सेनोटाफमा बेलायती राजपरिवारका सदस्यहरू, राजनीतिक नेता, सैनिक अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा सम्पन्न हुन्छ भने अरु सहर हरुमा पनी आर बि एल साखा हरुले यो कार्यक्रमको आयोजना गर्छन। यो दिन राता पप्पी फ्लावर लगाउने परम्परा छ, जुन मृत्यु भएका वीरहरूको प्रतीकका रुपमा लगाइन्छ । रिमेम्बरेन्स सन्डेले युद्धका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्छ र आगामी पुस्तालाई शान्ति र सहअस्तित्वको सन्देश दिने अगुवाहरु बताउँछन् ।