युके विशेष

नेपाल पत्रकार महासंघ बेलायतको छैठौं अधिवेशन जुन महिनामा हुदै

गोमा राना,
गत १४ जनवरी २०२४ का दिन नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनको ग्रीनवीचस्थित एक रेष्टुरेन्टमा सम्पन्न बैठकले जुन महिना भित्र छैठौं अधिवेशन गर्ने निर्णय गरेको छ।

अधिवेशन मिति र भेन्यू आवश्यक गृहकार्यपछि आगामी बैठकले घोषणा गर्ने भएको छ। भेन्यू बुकिङसम्बन्धि आवश्यक समन्वयको जिम्मेवारी अध्यक्ष र कार्यसमिति सदस्य गोमा रानालाई दिइएको छ।

त्यस्तै शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण आगामी अप्रिल महिनाभित्र गर्ने । जसका लागि आवश्यक विधि र मापदण्डको प्रस्ताव आगामी कार्यसमिति बैठकमा पेश गर्न वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुंग राई र महासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिने काम बैठकले निर्णय गरेको छ।

शाखाको पाँचौं कार्यसमितिका सम्पूर्ण गतिविधि समेट्दै एक स्मारिका प्रकाशन गर्ने र वेबसाइट रिडिजाइन गर्ने । जसको संयोजन गर्ने जिम्मेवारी क्रमशः कार्यसमिति सदस्य बम थापा सूर्यवंशी र अध्यक्ष स्वयंले गर्ने भएको छ।

कार्यसमितिको अर्को पूर्ण बैठक मार्च २४ तारिख आइतबार निर्णय गरेको छ ।

बैठकले कार्यसमिति सदस्य बम थापा सूर्यवंशी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा फोनिज यूके निवर्तमान अध्यक्ष गोमा राना र ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक प्रकाशित गरेकोमा नगेन्द्र नेम्वाङलाई शाखाका तर्फबाट अध्यक्ष अर्यालले खादा ओढाएर सम्मान गरेका थिए ।

महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरु गोमा राना, वम थापा सूर्यवंशी र नगेन्द्र नेम्वाङसहित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेकोथियोे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button