युके विशेष

मुकुम्लुङ जस्तो शक्तिपीठमा केबुलकार बन्न हुदैन- यशकुमार

चन्द्रगोपाल,
ताप्लेजुङको मुकुम्लुङमा अवस्थित सेमुक्तु मुक्तुफो युमामाङ थान (पाथिभरा) मा केबुलकार बनाउने योजना सार्वजानिक भएपछि बनाउन नहुने भन्दै आन्दोलित समुहहरुकै पक्षमा गायक तथा कलकार यशकुमारले बनाउन हुदैन भन्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।

यतिबेला युकेमा थुप्रै ठाउहरुमा कन्सर्ट गर्दै आईरहनुभएका यशकुमारले उक्त कुरा आस्फोर्डमा गत ४ फेब्रुवरी आइतबारका दिन लिम्बुवान नागरिक समाज युकेको भेटघाट कार्यक्रममा बताएका हुन् । बौधिक तथा वैचारिक कलाकारको छवि बनाएका यशकुमारले यस्तो शक्तिपीठहरुमा अलिकति दु:ख गरेर पुग्ने र देविको दर्शन गर्नेगर्दा मात्र तीर्थयात्रा अर्थपूर्ण हुने र यसको महत्व हुने जिकिर गरेका छन् । उनले अन्य धेरै तीर्थयात्राहरुमा केबुलकारको सुविधा नभएको प्रसंगहरुको उल्लेख गर्दै भनेका छन्, हिडेर पुग्नेगर्दा प्राकृतिक रुपमा पनि स्वास्थ्य भईन्छ । मुकुम्लुङ जस्तो पवित्र स्थलमा नाफामुखी व्यवसाय गरिनु आफैमा दुखत् भएको भन्दै अहिलेका संस्कृति मन्त्री सुदन किरातीसंग पनि यो बारेमा एक कार्यक्रममा विचारविमर्श भएको बताएका छन् ।

यशकुमारका पछिल्ला मिलियन भ्युज भएका ‘सुस्तरी’ र ‘तिमी छौ र त’ म्युजिक भिडियोको चर्चा गर्नेक्रममा याक्थुङ लिम्बु मान्यता, संस्कार र संस्कृतिमा भएका थुप्रै राम्रो पक्षहरुलाई अन्य समुदायसम्म पुर्याउन पर्छ भन्ने लागेर नै ‘तिमी छौ र त’ म्युजिक भिडियो बनाएको भनेका छन् । लिम्बु र बाहुन जातिबीचको अन्तरजातिय प्रेम सम्बन्धको कथा समावेश गरिएको छ, ‘तिमी छौ र त’ मा । अर्को मिलियन भ्युज भएको ‘सुस्तरी’ बोलको गीतको म्युजिक भिडियोमा काठमाण्डौको एकलकाटे विकासप्रति तितो व्यंग्य गरिएको छ । सडकपेटीमा व्यापार गरेर गुजारा चलाईरहेका निम्नवर्गका जनतालाई पछिल्लो पटक गरिएको विकासको मोडेलले पुर्याएको प्रत्यक्ष प्रभावको वर्गीय चेत हो, सुस्तरी ।

लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम, नेपाली समाज प्रवास समितिका अध्यक्ष बिस्वास तिगेला, किरात याक्थुङ चुम्लुङका पूर्व महासचिव गणेश इजम, हायसका अनुसन्धानकर्ता लोकेन्द्र तबेबुङ, युमा सम्यो अध्यक्ष दिल पालुङ्वा, लेखक बिजय लुम्फुङ्वा, समाजसेवि भरत चोङवाङ लगायतले लिम्बु विषयवस्तुमा कला प्रस्तुत गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन्। गायक यशकुमारले चाडै नै ‘तिमी छौ र त’ को दोस्रो भाग आउन लागेको पनि जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button