स्थानीय

धनकुटा नगरपालिकाद्वारा संचालित १० दिने अचार बनाउने तालिम सम्पन्न

धनकुटा । गरिबी निवारणका लागि लघुउधम बिकास कार्यक्रम ( मेड्पा) अन्तर्गत धनकुटा नगरपालिकाद्वारा संचालित १० दिने अचार बनाउने तालिमको आज एक समारोह बिच सम्पन्न भयो ।

तालीममा विभिन्न २० प्रकारका अचारहरु बनाउने तरिका सिकाईएको र यसको प्याकेजिङ देखि बजारीकरण सम्मका बिषय सिकाईएको प्रशिक्षक ईन्दिरा भट्टराईले जानकारी दिनुभयो ।

धनपा वडा नम्बर १ हिले स्थित श्रेष्ठ एण्ड राई होमस्टेमा संचालन भएको यस तालिम समापन समारोहमा कृषि अभियन्ता जीवनप्रसाद राईले लघुउधमको बारेमा बोल्नु भएको थियो । यसैगरी धनपा १ का वडा अध्यक्ष अाेङद तामाङले धनकुटा नगरपालिका १ हिलेलाई पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न योजनाहरु तयार भएकोले यस क्षेत्रमा लाग्ने ब्यक्तिहरुलाई वडा तथा नगरपालिकाबाट सक्दो सहयोग हुने बताउनु भयो साथै आगामी बजेटमा अचार सम्बन्धि थप योजना ल्याईने समेत वहांले बताउनु भयो ।

तालिम समापन समारोहको अध्यक्षता धनपा वडा नम्बर १ का अध्यक्ष तामाङले गर्नु भएको थियो भने शुभकामना मन्तब्य राधिका भण्डारी तथा कार्यक्रम संचालन धनकुटा नगरपालिकाका उघुउधम सहजकर्ता सेविका बुढाथोकीले गर्नु भएको थियो ।

तालिममा १८ जनाले सहभागिता जनाएका थिए ।

Related Articles

Leave a Reply

Back to top button