समाचार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

धनुषा, १० चैत: मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नुभएको छ । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button