समाचार

लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनः साझा उम्मेदवारलाई जिताउन आब्हान

धरान,
गत १९ मार्च २०२४ का दिन लिम्बु विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन धरानको चुम्लुङ भवनमा उदघाटन भयो ।

विद्यार्थी मञ्चको २५ औं स्थापना दिवस एवं दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथि माननीय कमल प्रसाद जबेगुले उद्घाटन गर्नुभयो । अतिथि वक्ता प्रदेश न १ पूनः नामाकरण समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले सघर्ष समितिको तर्फबाट साझा उम्मेदवार डिकेन्द्र सिं थेगिम भएकोले सबैले भोट गरेर आन्दोलनमा सहभागी जनाउन आग्रह गर्नुभयो ।

सम्मेलनमा भारतको सिक्किम, वेष्ट बंगाल, आसम र युकेका प्रतिनीधिहरुको सहभागिता रहेको छ भने ४ दिन सम्म सम्मेलन संचालन हुनेछ । करिब २ सय सहभागी रहेको सम्मेलनमा करिब दुई दर्जन कार्यपत्र प्रस्तुत हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button