स्थानीय

स्रष्टाहरूले घन्काए प्रेमिल कविता

गत २०८० फागुन २ गते, रोटरी क्लब अफ डिल्लिबजार काठमाडौंले प्रेम दिवसको अवसरमा भव्य साहित्य कार्यक्रमको आयोजना गरेको थियो ।

यस कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरूले अग्रगामी भूमिका खेलेका थिए । प्रेमिल गीत, गजल, मुक्तक, तथा कविताहरूमा हास्य रसले कार्यक्रमलाई स्वादिष्ट बनाएको थियो। डा. उदयराज शर्माको प्रमुख आतिथ्य गरेको उक्त कार्यक्रम क्लब अध्यक्ष इन्दिरा पराजुलीले सभापतित्वमा भएको थियो ।

कार्यक्रममा बम बहादुर जिताली, डा. कृष्णप्रसाद भट्टराइ थरेन्द्र बराल, दिलिप श्रेष्ठ, रुद्र अधिकारी, थरेन्द्र बराल, चन्द्रकला शाह, द्वारीका कुइकेल, उदय दास, ललिता दोसी, सागरनिधी तिवारी, भोज बहादुर शाह, गोपेन्द्र रिजाल, भुवन सिवाकोटी, मदन नेपाल, बिष्णु थापा, गोपेन्द्र रिजाल, बद्री उप्रेती, रबिन्द्र नेपाल, सम्झना पोखरेल, ईन्द्र शेखर खड्का, केरा अर्याल, रबिन्द्र आशिस शैली, प्रेती कौर, टेक बहादुर लौडरी, सुनिता शर्मा, लव खड्का, नम्रता उप्रीती, रश्मी रिमाल, टि एन विश्वामित्र, आदि दुई दर्जन स्रष्टाहरूले रचना वाचन गरेका थिए । सबै अतिथि स्रष्टाहरूलाई रोटरी स्रष्टा सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रम सम्योजक प्रेम वली ढकलपुरेले स्वागत मन्तव्य दिएका थिए भने सिस्नो पानीका सदस्य चक्र दवाडीले दम्दार तथा रमाइलो उद्घोषक गरेका थिए । उक्त कार्यक्रम निकै रोचक, उत्साही र आनन्दपूर्ण थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button