युके विशेष

बेलायतमा मनाइयो परिजात जन्मजयन्ती

– टेक बहादुर थापा ‘राजेश’
लन्डन– साहित्यकार पारिजातको ८७ औं जन्मजयन्ती अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले गत शनिबार बेलायतको ह्यारो स्थित चौतारी रेस्टुरामा एक कार्यक्रम गरी मनाएकोछ |

भारतको दार्जीलिंगमा सन् १९३७ मा जन्मिएकी बिष्णु कुमारी वाइबा ‘पारिजात’ नामले नेपाली साहित्यमा अमर रहेकिछन | अनेसास बेलायतका सल्लाहकार सुमल कुमार गुरुङले पारीजातका बारेमा थप प्रकाश पार्दा भने -‘१७ वर्षको उमेरमा आफ्ना परिवारजनसंग काठमाडौँ आएकी पारिजातले त्यसपछि नेपाललाई नै आफ्नो कर्मथलो बनाएको उनले स्मरण गरे। मदन पुरस्कार प्राप्त उनको उपन्यास ‘शिरिषको फूल’ बाट नेपाली उपन्यास क्षेत्रमा नयाँ मोड आयो ।

पारिजातका ३ ओटा कविता संग्रह, १० ओटा उपन्यास, निबन्ध तथा कथाहरु प्रकाशित छन्। सन् १९९३ मा ५६ वर्षको उमेरमा उनको निधन भएको थियो।

उक्त कार्यक्रममा बैशाख ४ गते निधन भएका चर्चित गजलकार प्रकट पंगेनी प्रति श्रद्धान्जलि अर्पन पनि गरिएको थियो |अनेसास सल्लाहकार डा रुपक श्रेष्ठले प्रकट पंगेनी बहुप्रतिभाशाली सर्जक भएको बताएका थिए | बि. सं. २०१३ असोज २४ गते कास्की जिल्लाको तत्कालिन देउराली गाउँ पंचायत वडा नं २ मा जन्मेका प्रकट पंगेनीका २ ओटा गीत संग्रह लगायत गजल र कविता संग्रहहरु प्रकाशित छन |

कार्यक्रममा साहित्यकार संगीता स्वेच्छाद्वारा लिखित उपन्यास ‘सेतो सिउँदो’ तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष साबी श्रेष्ठको मुक्तक संग्रह ‘अपरिभाषित आभा’ को विमोचन गरिएको थियो। उपन्यासकार डा संगीता श्रेष्ठ स्वेच्छाले ‘सेतो सिउदो’ आफ्ना पिताको प्रेरणाले आइएससी दिएर बसेको समयमा लेखेको बताएकी थिन | उक्त उपन्यास उनले १८ बर्षको उमेरमा नै लेखेको पनि स्मरण गराएकी थिन |सो अबसरमा संगीता स्वेच्छाद्वारा लिखित उपन्यास ‘सेतो सिउँदो’ का बारेमा समाजकी कोषाध्यक्ष प्रतिमा केसीले र समाजका केन्द्रिय सदस्य कुमार केसीले मुक्तक संग्रह ‘अपरिभाषित आभा’ को समीक्षा गरेका थिए ।

उक्त कार्यक्रममा डा बीरेन्द्र अमात्य, कुमार केसी, प्रेम खड्का, गङ्गा भण्डारी, जीत बुढाथोकी, विशन थापा, टेक बहादुर थापा, गोपी सापकोटा, बिजय हितान, बासुदेव सापकोटा, सारा देवी गुरुङ, माया गुरुङ लगायत सर्जकहरुले आआफ्ना रचना सुनाएका थिए भने कार्यक्रममा स्वागत मन्तब्य समाजकी पाध्यक्ष माया गुरुङले राखेकी थिन | कार्यक्रमको पहिलो सत्रको सञ्चालन समाजकी महासचिव मन्जु भण्डारीले गरेकी थिइन् भने दोश्रो सत्रको सञ्चालन कार्यसमिति सदस्य कुमार केसीले गरेका थिए। कार्यक्रम समाजका अध्यक्ष राज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेत्र चिकित्सक डा बीरेन्द्र अमात्य रहेका थिए | अनेसास मिजौरी (अमेरिका) शाखाकी अध्यक्ष उर्मिला निर्दोषी तथा बलराम पन्थी विशेष अतिथिका रुपमा सहभागी भएका थिए।

Related Articles

Leave a Reply

Back to top button