युकेको आस्फोर्ड टाउनमा गायक राजेन्द्र केरुङको एकल सांगीतिक साँझ सम्पन्न
को हुन राजेन्द्र ?
आस्फोर्ड,
गत ५ जुलाई २०२६ का दिन नेपालबाट युके भ्रमणमा आउनुभएका गायक राजेन्द्र केरुङको एकल सांगीतिक कार्यक्रम गोरखा भिल्ला रेस्टुरेन्ट आसफोर्डमा सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन नेपाल प्रस्तोता समाज यूकेका अध्यक्ष थीर थापाले गर्नुभएको थयिो। कार्यक्रममा सगरमाथा गोरखा नेपाली कम्युनिटीका अध्यक्ष मोहन लिम्बु, संस्थाका पूर्वअध्यक्ष डम्बर सिंगक पूर्व राष्ट्रयि ब्याडमन्टिन खेलाडी सकुन नेम्वाङ, चलचत्रिकर्मी शैलेन्द्र नाल्बो, गतिकार नेम खापुङ पालाम गायिका धनु याख्खा लगायत नेपाली समुदायका विभिन्न क्षेत्रका ब्यक्तित्व तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायक राजेन्द्र केरुङले दर्जनभन्दा बढी आफ्ना लोकप्रयि गीतहरू प्रस्तुत गर्दै उपस्थति दर्शक–श्रोताहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभयो। गायिका सोनी कुँवरले पनि आफ्नो सुमधुर प्रस्तुति मार्फत उहाँलाई साथ दिदै कार्यक्रमलाई थप आकर्षक बनाउनुभयो।
कार्यक्रमको समापनमा उपस्थति दर्शक तथा शुभेच्छुकहरूले स्वतः स्फूर्त रूपमा रकम संकलन गरी गायक राजेन्द्र केरुङलाई मायाको चीनो स्वरूप एक हजार पाउन्डभन्दा बढी नगद सम्मान प्रदान गरेका थिए ।
गोरखा भिल्ला रेस्टुरेन्टको आयोजनामा सम्पन्न उक्त सांगीतिक साँझले बेलायतमा रहेका नेपाली समुदायबीच नेपाली संगीत, कला र संस्कृतप्रितकिो माया, सद्भाव र एकतालाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
को हुन राजेन्द्र ?
चर्चाको भिडमा कमै सुनिएका नाम हुन राजेन्द्र तर संगितमा संघर्ष गरेको डेढ दशक बितेको पत्तै भएन ।
बि. सं. २०६७ सालको असार ताका हुनुपर्छ औपचारिक सङ्गीत सिक्ने गुरु खोज्दै चावहिल चुच्चेपाटीमा रहेको श्रुति संगितालयमा पुगे जहाँ सङ्गीत गुरु रेडियो नेपालको शास्त्रीय गायक स्व: बिनय वर्मा हुनुहुन्थ्यो ।
एक दुई गर्दै ६ बर्षसम्म लगातार शास्त्रीय सङ्गित मा इलाहावाद युनिभर्सिटी बाट BMus सम्म को अध्ययन पूरा गरे ।
२०७० मा पहिलो पट्क सङ्गितकार शिवसंगम राईको शब्द/सङ्गितमा सामुहिक स्वरमा इलाम तारा (बिजय फागो)लगायत सँगको सहकार्यमा पुर्बेली लोकगित “बिदेशिने रहर” रेकर्ड गर्न सफल भए जुन गित ले लाखौँ दर्शक श्रोताको मन जित्यो । जुन अहिले विभिन्न युट्युब च्यानल हरुमा लाखौले हेरेका छन।
२०७०मा नै कुलुङ अजय अलङ्कारको शब्द/सङ्गितमा
कुलुङ भाषाको गित “सानिवा” बोलको गित रेकर्ड भयो ।त्यस्पछि क्रमश कुलुङ भाषाकै लेत्तिचाईनुवा,लाम्तुम्मा,केई खोलोङ सोम्छा, नेपाली भाषाको महाकुलुङ भुमिमाथी, महाकुलुङ गान आदि रेकर्ड भए।
२०७३मा पहिलो एकल एल्बमको रुपमा ” मिङ्सो” सार्वजजिक गर्न सफल गरे । जस्मा लिम्बु भाषाका ४ गितहरु समेटिएको अडियो/भिडियोहरु छन । जस्मा फुङ इनु सेवा,आम्बे?पज सुम्हात्लुङ , माङलाङ नु केलाङ (ख्याली मिश्रीत पालाम) याक्थुङ्मा मिम समेटिएका छन्। जस्मा गितकार सागर केरुङ,रानिटारे साईला, यादन सेर्मा को शब्द रहेको छ ।
त्यसपछि क्रमश गितकार बिरेन्द्र असिमित थाम्सुहाङको शब्दमा प्रेम निश्चल राईको सङ्गितमा “मेमेङ घुम्न जाउँ” गायिका सम्पदा राई सँग सार्वजनिक भयो।
क्रमश तिवाशेक लावतीको शब्दमा “दुनिँयालाई भुली” , ब्लडक्यान्सर रिकभर राजन बिश्वकर्माको शब्द मा आफ्नै संगित/स्वरमा “बग्दै जाने” मेलोडी गित रेकर्ड गरे “फेरि पुनर्जन्म ” नामक चलचित्रमा समेत समेटिएको छ ।
गितकार लक्ष्मी नाम्लाक्पा नेम्बाङ को शब्दमा “हुक्फाक्की सेवारो” बोलको गित गायिका मोडल मिरा फियाक सङ्ग युगल गायन गरेका छन् ।
त्यसैगरि सिक्किम याक्थुङ आईडलका फस्ट रनरअप आशिष लिम्बू को शब्द र स्वर रहेको ” बाबा-आमा” बोलको गितमा संगित भर्न सफल भएका छन । त्यसैगरी गितकार संगिता आङ्थुपो को शब्दमा “आमा-बाबा” बोलको गित चर्चित गायिका मेलिना राईले स्वर दिएका छन् ।
लिम्बू,कुलुङ ,नेपाली गरि करिब २ दर्जन गितहरुमा संगित तथा गायन गरिसकेका छन। त्यतिमात्र होईन लिम्बू भाषिक चलचित्र “थेत्लङ”,चे मा स्वरांकन समेत गरेका छन् । त्यसैगरी आफ्नै गित माङलाङ नु केलाङ ख्याली/पालाम, गायिका गंगा फियाक ,सुमन लिम्बू को पालाम “थक्मेप्पा फुङ ” , थोक्फेला लिङ्देन र बिक्रम येक्तेन को स्वरमा रहेको “साम्याङ्फुङ”, मिरा र आफ्नै आवाजमा रहेको “हुक्फाक्की सेवारो ” मा अभिनय पनि गरेका छन।
उनले पशुपती बहुमुखी क्याम्पस बाट पत्रकारिता बिषयमा स्नातक ऊतिर्ण गरेका केरुङ ले करिब १० बर्षदेखी www.mahakulung.com को सम्पादक, युट्युब च्यानल Falelung Tv मार्फत पत्रकारितामा पनि सक्रिय छ्न।
बिभिन्न सामाजिक संघ- संस्थाहरुको जिम्मेवारी सङ्गै मौलिक भाषा,लिपि कला संस्कृतीमा पनि निरन्तर लागिरहेका छन्। गित सङ्गितको साथ साथै आफ्नो धर्म संस्कृती, लिपि भाषा को उत्थानमा पनि सक्रिय केरुङ अहिले काठमाडौ युनिभर्सिटीमा किरात सिरिजङ्गा लिपि मा पोष्ट ग्राजुएट पनि अध्ययन गर्दैछन। अन्य बिबिध क्षेत्रको ब्यस्तताका कारण स्नातकोत्तर अध्ययन गर्ने चाहाना अधुरै रहेकोमा केही खल्लो महसुस गर्छन उनी ।
निरन्तर अभ्यास साधना को फल मिठो हुन्छ भन्ने भनाई बल्ल अहिले आएर यस्को स्वाद थाहा पाएको बताउँछन राजेन्द्र केरुङ । डेढ दशकको लामो साधना र तपस्याको फलस्वरुप हाल पहिलो पटक सांगितिक यात्राको लागि बेलायत आईपुगेका छन् । आउँदो नोभेम्बर सम्म ६ महिना बेलायतका विभिन्न शहर हरुमा साङ्गितिक प्रस्तुती दिदैँछन।
आउँदो जुलाई ११ मा हुने किरात याक्थुङ चुम्लुङ युके द्वारा आयोजित सिसेक्पा तङ्नाममा भब्य प्रस्तुती रहने भएको छ।
साथमा नेपाल बाट गायक लक्ष्मण लिम्बू र भ्बाईस अफ किड्स फस्ट रनरअप रुक्साना लिम्बू पनि बेलायत आईपुगेका छन । यस्पटक सिसेक्पामा ३ जनाको प्रस्तुतीले बेलायत गुन्जिनेछ ।




