स्वास्थ्य

सेक्स गर्ने चाहना हुँदा युवतीले कस्तो संकेत देखाउछन् ?

महिला र पुरुषको सम्बन्ध सामाजिक रुपमा बिहेले बाँधिदिन्छ भने जैविक रुपमा यौनले। त्यसैले यौन सम्बन्ध नै नारी पुरुष बीचको ‘बोण्ड’हो जसले दुइलाई एक बनाएर राख्छ। र यसको अभावमा समाजले बाँधिदिएको सम्बन्धले कुनै महत्व राख्दैन । यो हामीले देख्दै भोग्दै आएको सत्य पनि हो ।

यौन चाहना मौखिक रुपमा भन्ने कुरा होइन । अझ पूर्वीय संस्कारमा हुर्केका नेपालीका लागी यो त झन आपसी समझमा आधारित गहन कुरा हो । आफ्नो पार्टनरसँग यौन चाहना ब्यक्त गर्दा नराम्रो सोच्ने हुन् कि भन्ने सबैलाई लाग्छ ।

त्यसो त यौन प्रस्ताब अथवा यौन चाहना मुखले भनेर भन्दा पनि हाउभाउ र लक्षणबाट बुझेर अघि बढ्नुको मज्जा नै बेग्लै हुन्छ । स्मरणीय कुरा के पनि हो भने आफ्नो पार्टनरको हाउभाउले यौन चाहना बुझ्न नसक्दा स्वर्गीय आनन्दबाट बन्चित हुने मात्रै होइन सम्बन्ध नै चट हुन् पनि सक्छ तसर्थ पनि आफ्नो पार्टनरको शारीरिक तथा भावनात्मक हाउभाउले उनको यौन चाहन बुझेर आफुले पनि सोही अनुसार हाउभाउ देखाएर यौन सम्बन्धमा अघि बढ्नु उत्तम हुन्छ ।

अर्को कुरा के पनि हो भने यौनको मामलामा पुरुष भन्दा महिलाहरु अलि बढी गुमनाम हुन् चाहन्छन । महिलाहरु भित्रभित्रै जलेर असिनपसिन हुँदा पनि मौखिक रुपमा यौन प्रस्ताब स्विकार गर्दैनन् भने प्रस्ताब राख्ने त परको कुरा भै हाल्यो । त्यसैले पनि महिलाको यौन चाहना हाउभाउबाटै बुझ्न जरुरी छ ।

यौन चाहना भएर भित्रै देखि उकुसमुकुस भएपछि महिलाहरुको शारीरिक ब्यबहार तथा हाउभाउमा केही लक्षण देखा पर्छन त्यसलाई पक्रिन सक्नु नै सक्षम पुरुषको योग्यता हो । आखिर के के हुन् त यौन चाहनाले जलेकी महिलाले देखाउने ५ ब्यबहार ?

अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखे

यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगालीरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ ।

अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर कस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

लामो लामो स्वास

यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदो गरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु

महिलाले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

छुने बहानामा नजिक हुनु

महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा यौनिक कुरा गर्ने गर्छन् ।

एकान्त होस भन्ने चाहना

यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

Related Articles

Leave a Reply

Back to top button