भिडियो वार्ता

नग्न प्रदर्शन गरेका सामाजिक अभियन्ता भन्छनः मातृभाषा र धर्म संस्कृतिमा राज्यबाट विभेद भयो

८ मार्च २०२१ । सरकारले मातृभाषा प्रति गरेको विभेदको विरुद्धमा नग्न प्रदर्शन गरेका सामाजिक अभियन्ता विकिन काम्बाङ लिम्बुले राज्यको विभेद विरुद्धको अभियान जारी राख्ने बताएका छन ।

नेपाली समाचार संगको अनलाइन अन्तरवार्तामा सो कुरा बताएका हुन । लिम्बुले गत २१ फेब्रुवरी २०२१ का दिन विश्व मातृभाषाको अवसरमा काठमाडौंको सिंहदरबार अगाडी नाङ्गै प्लेटकार्ड बोकेर प्रदर्शन गरेका थिए । त्यहिबाट प्रहरीले उनलाई गिरफतार गरि ९ दिन सम्म थुनामा राखेका थिए । उनको माग छ सरकारले एक भाषा, संस्कार, सस्कृति र धर्मलाई मात्र राज्यकोष खर्च गरयो । सबै भाषा, संस्कृतिलाई समान सुविधा हुनुपर्ने उनको माग छ ।

लिम्बुले मुलुकी ऐन लागूहुने दिन १ भाद्र २०७५ का दिन पहिलो पटक सिंह दरबार अगाडी नग्नभई प्लेटकार्ड बोकेर मुलुक ऐनमा भएका विभेदकारी ब्यवस्थाको विरोध जनाउदा देशविदेशका नेपालीहरु चंकित बनेका थिए । उनले शान्तिपूर्ण प्रदर्शन गरिरहेको बखत प्रहरीले गिरफ्तार गरि त्यो बेला पनि एक हप्ता थुनामा राखेको थियो । उनको विरोध शैलीलाई धेरैले प्रसंसा गरे र अहिले उनका प्रससंक बढ्दै गएको उनले बताए । राजनैतिक रुपबाट प्रष्ट लिम्बुले यस प्रकारको सरकारलाई दबाब जारी राख्ने बताएका छन । विद्यालय र अस्पताल भन्दा बढि मन्दिर बनाईरहेको सरकारलाई यी लिम्बुहरुको अभियानले कति प्रभाव पार्छ हेर्न बाँकी छ ।

अभियन्ता लिम्बुले थप कार्यक्रम गर्दै जाने र त्यसको लागि सबैबाट साथ सहयोगको पनि अपेक्षा गरेका छन । हेर्नुहोस लिम्बु संगको छोटो भिडियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button