मनोरञ्जन

‘सुगुप्’ चलचित्रको देश विदेशमा भव्य प्रदर्शन

७ मार्च, विजयपुर  । निर्देशक लोकेन साँबा लिम्बूको निर्देशन रहेको राष्ट्रिय चलचित्र पुरस्कार २०८० द्वारा सम्मानित लिम्बू साँस्कृतिक चलचित्र ‘सुगुप’ देश तथा विदेशमा भव्य प्रदर्शन गरिएको छ ।

चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित लिम्बू भासा लिपि संस्कार संस्कृतिलाई विश्व बजारमा पुयाउने उदेश्यले निर्माण गरिएको चलचिात्र सुगुपको प्रस्तुतकर्ता एबम मुख्य निर्माता रबिन कुमार नाल्बो हुन । चलचित्रमा शैलेन्द्र कुमार नाल्बो लिम्बू, दिल माया लाबुङ नाल्बो निर्माता रहेका छन् भने, एल पि साँवा लिम्बू, मनिसा सुब्बा नाल्बो, सिरिप्रसाद माबो र स्वः राम प्रसाद पन्दाक सह निर्माता रहेका छन् ।

पान्थर थर्पुमा प्रदर्शन

पान्थरको थर्पुमा गत फागुन ५ गते चलचित्र सुगुप दिनेस माबोको संयोजन तथा सिरेसे माद्यामिक बिधालयको आयोजनामा विशेष प्रदर्शन गरिएको थियो ।

बिद्यालयको कवर्ड हलमा प्रदर्शन गरिएको चलचित्र सुगुप पान्थरको थर्पु, नागी, याङ्सिङबुङ, कालापानी, गोपेटार, निसान बजार र थर्पु स्वास्थ चौकी आसपासमा ६० प्रतिशत छायांकन गरिएको हुनाले साथै स्थानिय कलाकारहरुको लागि भएपनि चलचित्र प्रदर्शन गरिए सहयोग गरिएको संयोजक दिनेश मावोले बताए ।

मोरङ लेटाङमा प्रदर्शन

मोरङको लेटाङमा गत फागुन १० र ११ गते किरात याक्थुङ चुम्लुङ लेटाङ मोरङ नगर शाखाको आयोजनामा २ दिन चलचित्र सुगुप विशेष प्रदर्शन गरिएको थियो ।

लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र लावतीको प्रमुख आतिथ्यमा विभिन्न समाजसेबी, थरगत संघसस्था, राजनितिक दल, सञ्चारकर्मी र मानव अधिकारकर्मी अथिती रहेको औपचारिक कार्यक्रममा आयोजक एबम सहयोगी हरुलाई मायाको चिनो प्रमुख अथितिबाट प्रदान गरिएको थियो ।

नायिका बबिता नेयोहाङको प्रदर्शन संयोजनमा लेटाङमा प्रदर्शन गरिएको चलचित्र सुगुपलाई लेटाङका दर्शकले अत्याधिक मन पराएका थिए ।

लेटाङ शाखा चुम्लुङका अध्यक्ष भिबिन्द्र लिम्बूको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमको सञ्चालन चुम्लुङका सचिव पदम चेम्जोङले गरेका थिए । कार्यक्रममा अहिलेका नयाँ पुस्ताले हिजोको आफनो संस्कार संस्कृतिहरु बुझ्न सिक्नको लागि सुगुप चलचित्र हेर्न अति आवस्यक रहेको बताउदै सुगुप चलचित्र निर्माण परिवारलाई आयोजकले धन्यवाद दिएका थिए ।

जापनमा प्रदर्शन

देश तथा बिदेशमा रहेका आम नेपाली दर्शकको रोजाइमा रहेको चलचित्र सुगुप गत फेब्रुवारी २३ मा जापानमा विशेष प्रदर्शन गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ जापन र लोकेन नेयोहाङ (निङ्वा)को संयोजनमा काठमाडौं लाउच एन्ड टोकियोमा चलचित्र सुगुपको बिशेष प्रदर्शन गरिएको हो । जापानमा रहेका नेपाली दर्शकहरुले पनि चलचित्र सुगुपलाई औधी रुचाएको प्रदर्शन संयोजक निङ्वा लिम्बूले जानकारी दिएका छन् ।

बहराइनमा पनि हाउस फुल

बहराइनमा पनि गत २८ फेब्रुअरीमा हाउस फुलका साथ चलचित्र सुगुपको विशेष प्रदर्शन गरिएको थियो ।

बहराइनमा अमृता नाल्बो लिम्बूको संयोजन तथा चलचित्र सुगुपका मुख्य निर्माता एवम् प्रस्तुतकर्ता रबिन कुमार नाल्बाकोे उपस्थितिमा भव्य प्रदर्शन गरिएको थियो ।
बहराइनको जुफेयर स्थित ओसिस मलको सिनेमा हलमा गरिएको विशेष प्रदर्शनमा नेपाली राजदूतावास बहराईनका राजदूत तीर्थराज वाग्ले सहित राजदूतावास परिवार, विभिन्न संघ–संस्थाका प्रमुख, पत्रकार एवं प्रतिनिधिको उपस्थितिमा विशेष प्रदर्शन गरिएको थियो ।

सम्मान तथा अवार्ड

राष्ट्रपति रामचन्द्र पौडेलको हस्तवाहुलीबाट राष्ट्रपति निवास सितल निवासमा आयोजित समारोहमा चलचित्र सुगुप राष्ट्रिय चलचित्र पुरस्कार अवार्ड सम्मान पत्र र नगद सहित सम्मानित भएको छ

यसैुगरी चलचित्र सुगुपले चौथो आदिवासी जनजाती चलचित्र महोत्सव २०८१ मा पव्लिक च्वाइैस अवार्ड नगद सहित चार बिधामा अवार्ड जित्न सफल भएको छ ।

दोस्रो इन्टर नेसनल इन्डिजिजियस म्युजिक एन्ड चलचित्र अवार्ड २०८१ मा सुगुप चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड निर्देशक लोकेन साँबा लिम्बू र उत्कृष्ट नायिकाको अवार्ड नायिका बबिता नेयोहाङले जितेकी छन् ।

छैटौं एफ.एल.एफ अवार्ड २०८१ मा उत्कृष्ट चलचित्र सुगुप ले हात पारेका थिए । यस्तै उत्कृष्ट अभिनय प्रस्तुति अवार्ड नायिका बबिता नेयोहाङ र उत्कृष्ट गितकार अवार्ड यासेली योङहाङले जितेका थिए ।

सुनसरीको धरानमा आयोजना पहिलो पल्ट आयोजना गरिएको याक्थुङ सिने अवार्डमा समेत चलचित्र सुगुपले पब्लिक चोवाइस अवार्ड, उत्कृष्ट चरित्र अभिनेतृ अवार्ड डम्बर कुमारी पयाङगुले जितेकी हुन् ।

सुगुप चलचित्रको बारेमा

चलचित्र सुगुप लिम्बु समुदायमा प्रश्वब पिडामा अर्थात सुत्केरी ब्याथाको कारण जीउँदो या मृत बच्चा जन्माउने क्रममा अथवा प्रसुति ब्याथा कै कारण अकालमा मृत्यु हुने महिलालाई सुगुप भन्ने चलन रहि आएको छ ।

सापोक चोमेन(गर्भ पुजा) गर्दा या नगर्दाको पीडा र परिवारमा बेमेल हुदा आउने समस्या लाई र सुगुप भएर मृत्यु वरण गरेकी महिला र संस्कारलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र सुगुप हाल देश तथा बिदेशमा प्रदर्शन भइरहेको चलचित्रका मुख्य निर्माता एवम् प्रस्तुतकर्ता रबिन कुमार नाल्बोले जानकारी दिएका छन् ।

यसैगरी दर्सकको रोजाइमा रहेको चलचित्र सुगुप विभिन्न ठाउँहरुमा प्रदर्शन पश्चात नेपाली भाषामा पनि अनुवाद गरेर प्रदर्शन गर्न दर्शकहरुले माग गरेका छन् ।

Related Articles

Back to top button