युके विशेष

जाजरकोट भूकम्प पीडितलाई घले समाज युकेद्धारा १ लाख बढीको राहत हस्तान्तरण

काठमाडौं । अन्तरराष्ट्रिय घले समाज ‘लिःल फङ’ बेलायतद्धारा जाजरकोट भूकम्प पीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । बेलायतमा रहेका धन घले र पुरबहादुर घलेको संयोजकत्वमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिएको छ ।

सो रकम बराबरकोे चेक प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीलाई हस्तान्तरण गरिएको छ । पौष १९ गते बिहिवार प्रधानमन्त्रीको निजि सचिवालयमा पुगी एक कार्यक्रमकाबीच सो चेक हस्तान्तरण गरिएको हो ।

साथै सो भेटकै अवसरमा घले जातिलाई पनि आदिवासी जनजातिको सूचीमा सूचिकृत गराउन यसअघि नै माग गर्दै माग पत्र पेश गरिएकोमा सो मागप्रति गम्भीर भई सो माग पुरा गराउन मौखिकरुपमा ध्यानाकर्षण गराइयो ।

सो अवसरमा घले समाज लमजुङका अध्यक्ष वीरसिङ घले, गण्डकी प्रदेशका उपाध्यक्ष मगर घले, धादिङका विनोद घले, देश तथा विदेशमा रहेका घले जातिलाई एक्यवद्धता गराउन पहल गर्ने सिन्धुपाल्चोकका सचिव तुलबहादुर घले(अमृत) लगायतको सहभागीता थियो भने सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली, ज्ञानु खड्का, पूर्ण शाही र परमात्मा नेपाल लगायतको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button