समाचार

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकता लिङदेन पक्षलाई आयोगको निर्णय

लिंङदेनसँग छुटेर जानेहरु एकाध बाहेक राजनैतिक अस्थित्वमा रहेको पाइन्न

काठमाडौं, २१ डिसेम्बर २०२३ का दिन निर्वाचन आयोग नेपालले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकता कुमार लिङदेन पक्षलाई भएको फैसला गरेको छ ।

मञ्चको एक उपाध्यक्षले गत १२ बैशाक २०८० का दिन आफै अध्यक्ष घोषणा गरि नागरिक उन्मुक्ति पार्टी संग संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एकिकरण गरेको दाबी गर्दै आयोगमा आधिकारिकताको निमित्त दाबी गरेका थिए ।

उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेल रहेको बेला सबैभन्दा धेरै देशविदेशमा पहल र लबिङ गर्ने कुमार लिङदेन थिए भने रेशम जेलमुक्त अगावै चौधरीकै उन्मुक्ति पार्टीले लिङदेनको पार्टी फूटाएका थिए । जेलमुक्त पछि संरक्षक चौधरीले कुमार लिङदेनसँग भेट पनि गरे । नेपालीसमाचारडटकम सँगको वार्तामा पार्टीमा आउछु भन्नेलाई नआउ भन्न मिलेन तर कुमार जीसँग जसरी पनि सहकार्य गरेर जाने प्रतिबद्धता जनाए ।

लिङदेन लिम्बुवान एवं पहिचानको आन्दोलनमा स्थापित नेता हुन यद्यपी उनले नेतृत्व गरेको पार्टीमा पटकपटक विद्रोह हुने गरेको पाइन्छ । लिंङदेनसँग छुटेर जानेहरु एकाध बाहेक राजनैतिक अस्थित्वमा रहेको पाइन्न ।

Full report >>

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button