समाचार

चीनसँगको सम्बन्ध कसैलाई तर्साउने हुनुहुँदैनः उपप्रधानमन्त्री यादव

काठमाडौं, १२ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चीनसँगको सम्बन्ध अरु कसैलाई तर्साउने हुन नहुने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चीनसँग असल मित्रको सम्बन्धन बनउने गरी काम गर्दा अरु कोही दुविधाग्रस्त हुनेतर्फ शतर्क हुनुपर्ने बताएका हुन् । उनले यसतर्फ ध्यान दिन नसकिएको खण्डमा त्यसबेला नोक्सानको अवस्था आउने बताए ।

‘चीनसँग पनि असल मित्रको सम्बन्ध राख्नै पर्छ । तर, त्यो सम्बन्ध अरु कसैलाई तर्साउने गरी नहोस् । अरु कोही दुविधाग्रस्त भइदिए भने त्यसले पनि नोक्सान गर्छ । त्यसले गर्दा त्यो दुविधाको स्थिति नआओस्,’– उनले भने ।

नेपालमा विआरआई परियोजना लागू गर्ने सन्दर्भमा चीन लागिपरेको उनको भनाइ छ । नेपालले के गर्ने र कतिसम्म अगाडि जाने भन्ने कुरा आन्तरिक भएको बताए । उनले बिआरआईका सम्बन्धमा सबै राजनीतिक दलहरु, बौद्धिक वर्ग र कुटनीतिज्ञहरुले एक पटक छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

बिआरआई परियोजना नेपालले स्वीकार गर्दा राष्ट्रिय हित, जनताको स्वार्थ, सर्वाभौम सत्तालाई बलियो बनाउने गरी र कुनै पनि किसिमको नकारात्मक असर नपर्ने गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले ऋणका विषयमा अझ गम्भीर हुनुपर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button